बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

दुर्गा मन्दिर युवा क्लबद्वारा कृष्ण अष्टमीको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न वितरण

दुर्गा मन्दिर युवा क्लबद्वारा कृष्ण अष्टमीको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न वितरण

images
  • 408
    SHARES

  • images
    images
    images
    दुर्गा मन्दिर युवा क्लबद्वारा कृष्ण अष्टमीको अवसरमा  मानव सेवा आश्रममा खाद्यान्न वितरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह सम्बादाता । रुपन्देहीको भलुही स्थित दुर्गा मन्दिर युवा क्लबले कृष्ण अष्टमीको अवसरमा खाद्यान्न वितरण गरेको छ । देवदह नगरपालिका भलुहीको असामटोलमा रहेको उक्त क्लबले शनिवार बुटवलमा रहेको मानव सेवा आश्रमलाई करिब ३० हजार रकम बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको हो । 

    क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्यक्रम गरेको संस्थाका अध्यक्ष मिलन पुनले जानकारी दिनु भयो । अध्यक्ष पुनका अनुसार पुनका अनुसार देश तथा विदेशमा रहेका ३८ जना मनकारी चन्दादाताहरुको सहयोगमा पहिलो चरणको यो पुण्यको काम भएको तथा दोस्रो चरणमा आगामी भदौ १४ गते बृक्षा रोपण तथा त्यस लगतै भलुही बुद्धपथ देखि बडेरीडाँडा सम्म पोलमा बल्व जडान गरिईने जानकारी दिनु भयो ।

    images
    images
    images

    सहयोग रकम १ लाख ३५ हजार ४ सय ९७ रहेको छ । भने बचत रकम ६५ हजार ९ सय ८५ रहेको समेत अध्यक्ष पुनले बताउनु भयो । संस्थाका सचिव सुरज बोहोराको संचालनमा भएको कार्यक्रममा आश्रमका तर्फबाट टिकामाया थापा,समाजसेवीहरु डम्मर कुमारी पुन, श्याम थापा, चुरा बहादुर थापा, निर्मल पराजुली, अमर रोका, हिरा कुँवर लगायतको उपस्थिती रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij