बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा शिश महल उद्घाटन, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

देवदहमा शिश महल उद्घाटन, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

images
  • 640
    SHARES

  • images
    images
    images
    देवदहमा शिश महल उद्घाटन, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह–७, शित्तलनगरस्थित श्री दुर्गा मन्दिर संरक्षण समितिले धार्मिक पर्यटन प्रवर्द्धनका उद्देश्यसहित मन्दिर परिसरमा निर्माण गरिएको बलगोपाल शिश महलको उद्घाटन गरिएको छ।१ शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजले शिश महलको विधिवत रुपमा समुद्घाटन गर्नुभएको हो।

    शिश महलको समुद्घघाटन गर्दै स्वामी विवेकानन्द सरस्वतीजी महाराजले सत्कर्मले मानवमा सकारात्मक सन्देश प्रवाह हुने भएकोले सत्कर्ममा लाग्न आग्रह गर्नुभएको थियो।३ कार्यक्रमका विशिष्ट अतिथि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले विकास निर्माणका कार्यहरू क्रमिक रुपमा हुँदै गएको बताउनुभयो।

    images
    images
    images

    सांसद विश्वकर्माले देवदह बिस्तारै सहरीकरण उन्मुख भएकोले स्वदेशमै परिश्रम गर्ने वातावरण बनाउनका लागी सबै लाग्नुपर्नेमा जोड दिनुभयो।पर्यटनको माध्यमबाट समृद्धिको खाका कोर्न सकिने भएकोले आन्तरिक पर्यटन प्रबर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।५ सोही कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी देवि न्यौपानेले प्रदेशले विभिन्न रचनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको बताउनुभयो ।

    देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले नगरपालिका र समग्र नगरवासीको समृद्धिको लागी विशेष योजना बनाएर लागेको बताउनुभयो। नगर प्रमुख खरेलले देवदहलाई धार्मिक पर्यटनको हब बनाउन सकिने भएकोले यसको लागी नगरवासी लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नगर प्रबक्ता गणेश डुम्रे, पूर्व प्रदेश सभा सदस्य डाक्टर कृष्ण प्रसाद न्यौपाने, देवदह वडा नम्बर -७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

    सन् २०२८ सालमा स्थापना भएको यस मन्दिरले धार्मिक धरोहरको संरक्षण र प्रचार–प्रसार गर्दै आएको छ। समितिका अध्यक्ष सिपी बस्यालका अनुसार, बालगोपाल शिश महलसहितका पूर्वाधारहरूले देवदहलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा चिनाउन मद्दत गर्ने मन्दिर संरक्षण समितिका अध्यक्ष चेतनाथ बश्याल सिपिले बताउनुभयो ।

    शिश महलभित्र कृष्णको बाल लिला, बाल गोपिनी लिला, कालिनाग मर्दन, कृष्ण विराट स्वरूपजस्ता आकर्षक कलाकृतिहरू उत्कीर्ण गरिएको छ। साथै परिसरमा अर्जुन रथ, बुद्धविहार, वाटर फाउण्टेन, रमणीय धार्मिक पार्क, विश्राम स्थल र आकर्षक प्रवेशद्वार पनि निर्माण गरिएको बश्यालको भनाई थियो। 

    करीब ७५ लाख रुपैयाँ लागतमा निर्माण भएको यो शिश महल मन्दिर आम्दानी, दानदक्षिणा, स्थानीय चन्दा, सहयोगी महानुभाव तथा देवदह नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो। अवलोकन शुल्क सर्वसाधारणका लागि रु. ५० र विद्यार्थीका लागि रु. ३० तोकिएको छ। समूहमा आउने भक्तजनलाई विशेष छुटको व्यवस्था पनि गरिएको छ।

    शिश महल सञ्चालनमा आएपछि देवदहमा धार्मिक पूर्वाधार विस्तारसँगै स्थानीय तथा बाह्य पर्यटकलाई राति बस्ने सुविधा र धार्मिक–सांस्कृतिक वातावरण उपलब्ध हुने अपेक्षा समितिले व्यक्त गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, श्रावण ३१ २०८२०७:१४:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij