बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रोट्र्‍याक्ट क्लब अफ तिलोत्तमा देवदहको १३ औं पद हस्तान्तरण

रोट्र्‍याक्ट क्लब अफ तिलोत्तमा देवदहको १३ औं पद हस्तान्तरण

images
  • 478
    SHARES

  • images
    images
    images
    रोट्र्‍याक्ट क्लब अफ तिलोत्तमा देवदहको १३ औं पद हस्तान्तरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहको तेह्रौँ पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बर्ष २०२४/२५ का अध्यक्ष सन्दिप पौडेलले बर्ष २०२५/२६ का अध्यक्ष डा. विजय अमगाईको टिमलाई पद हस्तान्तरण गर्नु भएको हो। कार्यक्रम दुई चरणमा भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले नव–निर्वाचित समितिलाई शुभकामना दिँदै समाज रुपान्तरणको मूल शक्ति युवाहरू नै भएको उल्लेख गर्नुभयो। उहाँले क्लब स्थापना भएदेखि नै निस्वार्थ भावले सामाजिक कार्य गर्दै आएकोप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै क्लबले गरेका सेवामूलक गतिविधिहरूको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि सामाजिक तथा सेवामूलक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उपप्रमुख गुरुङले क्लबका यस्ता सकारात्मक कार्यहरूमा आफू र स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    images
    images
    images

    रोट्रयाक डिस्ट्रीक ३२९२ नेपाल भुटानका डि आर आर रोशन कार्कीले क्लबले गरेका विभिन्न कार्यक्रमहरुले गर्दा पनि यो क्लब देवदहको अब्बल क्लबको रुपमा रहेको बताउनुभयो। उहाले नव निर्वाचित समितिलाई शुभकामना समेत व्यक्त गर्नुभएको थियो। उहाले नेतृत्व गर्नेको भागमा प्रशंसा कम पर्ने र आलोचना सहन सक्ने मान्छे नै नेता बन्न सक्ने बताउनुभयो। असफल हुनु भनेको सफलताको पहिलो स्टेज रहेको बताउनुभयो।

    कार्यक्रममा रोट्रयाक डिस्ट्रीक ३२९२ नेपाल भुटानका डि आर आर दिनेश गैरे, रोटरी क्लब अफा तिलोत्तमा रुपन्देहीको अधक्ष्य दिपक भट्टराई, रोट्रयाक क्लब अफ तिलोत्तमा देवदहका संस्थापक अधक्ष्य गोपी कृष्ण तिवारी, रोट्रयाक डिस्ट्रीक ३२९२ नेपाल भुटान जोन १८ का जेड आर आर डा. आविष्कार पराजुली, संस्थाका पूर्व अध्यक्ष्यहरु, अन्य रोट्रयाक क्लबका प्रतिनिधि तथा संघ संस्थाहरुको उपस्थिती रहेको थियो।

    कार्यक्रममा बर्ष २०२४/२५ का अध्यक्ष सन्दिप पौडेलले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै पद हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष डा.विजय अमगाईले निस्वार्थ रुपले सामाजिक कार्य गर्दै क्लवलाई अग्रसर गराउने बताउनु भयो। उहाले क्लबले सारेका गर्दै आईरहेका कार्यक्रमहरुलाई निरन्तरता दिदै त्यसमा थपेर अझ ससक्त रुपले अगाडी बढ्ने बताउनुभयो। कार्यक्रममा बर्ष २०२४/२५ मा  उत्कृष्ट कार्य गरेका रोट्रयाक सदस्यहरु विभिन्न विधामा सम्मानित भएका थिए।

    वर्ष २४/२५ को प्रथम उपाध्यक्षमा प्रविन गौडेल, उपाध्यक्षहरू  ललिता घिमिरे, कमल थापा, प्रीति यादव, गिता ढकाल, सचिवमा कृष्ण थापा दर्लामी, सह-सचिवमा चन्दा पंगेनी, काेषाध्यक्षमा रमित चापागाई, सह-काेषाध्क्षमा सन्तोष भट्टराई रहनु भएकाे छ।५ कार्यक्रम प्रथम उपाध्यक्ष प्रविन गौडेलको स्वागत र पहिलो सेसन वर्ष २०२४/२५ का प्रीति यादव र दोस्रो सेसन वर्ष २५/२६ का सचिब कृष्ण थापा दर्लामीको सञ्चालनमा भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij