बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा नेतृत्व स्वजागरण सम्बन्धी प्रशिक्षण

देवदहमा नेतृत्व स्वजागरण सम्बन्धी प्रशिक्षण

images
  • 500
    SHARES

  • images
    images
    images
    देवदहमा नेतृत्व स्वजागरण सम्बन्धी प्रशिक्षण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह।रुपन्देहीको देवदहमा नेतृत्व स्वजागरण कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नम्बर ५ को आयोजना र प्रभु बैंक लिमिटेड खैरेनी शाखाको सहयोगमा नेतृत्व स्वजागरण सम्बन्धि प्रशिक्षण सम्पन्न भएको हो।

     

    images
    images
    images

    1755432619726.jpg

     

    देवदह नगरपालिका वडा नम्बर -५ मा रहेका विद्यालय, टोल विकास संस्था, आमा समूह, सहकारी, सामुदायिक वन जस्ता विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु एवं सदस्यहरुको लागी आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले प्रशिक्षण दिनुभएको थियो। 

     

    1755432669341.jpg

     

    देवदह–५ ले आयोजना गरेको नेतृत्व स्वजागरण अभियानलाई सम्बोधन गर्दै देवदह नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले वडा स्तरमा भएको रचनात्मक कामलाई नगरको समग्र समृद्धिको आधारका रूपमा लिन सकिने बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वडाले राम्रो काम गर्दै गयो भने नगरको समृद्धिको आधार तय गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा वडा नम्बर–५ ले उल्लेखनीय काम गरेको छ, जसले नगरको विकास निर्माणलाई सहज बनाएको छ। 

    सकारात्मक सोच र साझा प्रयासले मात्र समाजलाई अगाडि बढाउन सकिने बताउँदै उपप्रमुख गुरुङले “सकारात्मक चिन्तनले नै मानव सफल हुने धारणा राख्नुभयो। वडाले सुरु गरेका यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन समेत उपप्रमुख गुरुङले आग्रह गर्नुभयो ।

    सोही कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले यस्ता खालका सकारात्मक उर्जा दिने कार्यक्रमहरु नियमित रुपमा हुनुपर्ने भनाई व्यक्त गर्नुभएको थियो।

    वडा नम्बर ५ ले संचालन गरेको स्वजागरण कार्यक्रम अन्य वडाहरु सहित नगरस्तरमै पनि हुनुपर्ने धारणा राख्नुभएको थियो।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले समुदायमा विभिन्न क्षेत्रमा नेतृत्वमा अथवा जिम्मेवारीमा रहेका नागरिकहरुमा सोच, शैली र संरचनाको पुनः निर्माणका निम्ति नेतृत्व स्वजागरण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

    प्रभु बैंक लिमिटेड, खैरेनी शाखाको सहयोगमा संचालित नेतृत्व स्वजागरण प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्था पदाधिकारी, आमा समूह / महिला समूहका पदाधिकारी, सामुदायिक विद्यालयका प्राचार्य एवं प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, सहकारी संस्था अध्यक्ष तथा व्यवस्थापक, वडास्तरीय खेलकुद समितिका प्रतिनिधि, वडास्तरीय भूमिसम्बन्धी सहजीकरण समितिका सदस्यहरुको सहभागीता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij