बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कोलिय इङलिस बोर्डिङ्ग हाईस्कुलमा क्षमता अभिबृद्धी तालिम

कोलिय इङलिस बोर्डिङ्ग हाईस्कुलमा क्षमता अभिबृद्धी तालिम

images
  • 407
    SHARES

  • images
    images
    images
    कोलिय इङलिस बोर्डिङ्ग हाईस्कुलमा क्षमता अभिबृद्धी तालिम
    images
    images
    images

    देवदह, केशव पराजुली । रुपन्देहीको देवदह १० स्थित कोलिय ईंग्लिस बोर्डिङ्ग हाईस्कुल चरङ्गेले सोमवार एक दिने अभिभाकिय क्षमता अभिबृद्धी तालिम सम्पन्न गरेको छ ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हस्त बहादुर थापा मगरको अध्यक्षता भएको कार्यक्रममा अध्यक्ष थापाले आफ्ना छोराछोरीलाई मित्रवत ब्यवहार गरेमा अध्ययनमा रुची देखाउने भन्दै परीक्षामा उत्कृष्ट अंक ल्याउन घरमा पनि अभिभावकले अध्ययनको वातावरण बनाउनुपर्ने ।

    images
    images
    images

    विद्यालयका प्राचार्य राजेन्द्र पराजुलीले स्वागत तथा कार्यक्रमका बारेमा औचित्य माथी प्रष्ट पार्दै छोरा छोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको मान्ने अभिभावकहरूका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने गरेको भन्दै विद्यार्थीलाई उत्कृष्ट बनाउनुका साथै अभिभावकलाई जागरुक बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो । 

    शिक्षक संयोजक चित्र बहादुर आलेको संचालनमा विद्यालयको बार्षिक कार्यक्रम अन्तर्गत भएको तालिममा ४०० बढी अभिभावकहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक रामजी अधिकारीले गर्नु भएको थियो । मानव सेवा आश्रमका संचालक समेत रहनु भएका अधिकारीले अभिभावकको बोल्ने शब्दहरु सकारात्मक र सभ्य हुनु पर्ने भन्दै वालवालिकालाई सकारात्मक तरिकाले ब्यवहार गर्नु पर्ने बताउनु भयो । 

    उहाँले पारिवारिक वातावरणले पनि विद्यार्थीहरुको अध्ययनमा गहिरो प्रभाव पार्ने हुँदा घरको बातावरणलाई राम्रो बनाउनु पर्ने बताउनु भयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij