लुम्बिनी पाना, देवदह । स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवार देवदहले हरितालिका तीज–२०८२ अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार देवदह स्थित ओम दर्शन पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङले प्रत्येक चाडपर्वको आफ्नै विशेष महत्व हुने उल्लेख गर्दै पछिल्ला दिनमा तीज वा अन्य पर्वमा विकृति बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गुरुङले त्यस्ता प्रवृत्तिहरूलाई अन्त्य गर्दै सभ्य र संयमित ढङ्गले पर्व मनाउन नगरवासीलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिस्ट अतिथि देवदह नगरपालिका वडा नम्बर -६ का वडा अध्यक्ष खेम बहादुर थापाले चाडपर्वमा आपसी सद्भाव, मेलमिलाप र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार खर सिंह श्रीस, निवर्तमान अध्यक्ष किशन बहादुर थापा र महिला सदस्य ओम कुमारी भुसालले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष विनोद गुरुङको अध्यक्षता, उपाध्यक्ष शोभा कुमारी थापाको स्वागत र सचिव जय बहादुर पुलामीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij