बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा अन्तर विद्यालय तीज गीत प्रतियोगिता, केरवानी मावि प्रथम

देवदहमा अन्तर विद्यालय तीज गीत प्रतियोगिता, केरवानी मावि प्रथम

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    देवदहमा अन्तर विद्यालय तीज गीत प्रतियोगिता, केरवानी मावि प्रथम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह।देवदह नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। बिहीवार पाठक फुडल्याण्डमा आयोजित प्रतियोगितामा नगर क्षेत्रमा रहेका २१ वटा विद्यालयको सहभागिता रहेको थियो।

    प्रतियोगितामा उत्कृष्ट प्रस्तुत गर्दै केरवानी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ।त्यस्तै जनता माध्यमिक विद्यालयले दोस्रो, देवदह बोर्डिङ स्कुलले तृतीय, देवदह माध्यमिक विद्यालय र महामाया भवानी माविले सान्त्वना स्थान हासिल गरेका छन् ।

    images
    images
    images

    प्रथम स्थान हासिल गरेको श्री केरवानी माध्यमिक विद्यालयले रु. ३३,३३३ रुपैयाँ, शिल्ड र प्रमाणपत्र, द्वितीय भएको जनता माध्यमिक विद्यालयले रु. २६,६६६ रुपैयाँ शिल्ड र प्रमाणपत्र तथा तृतीय भएको देवदह बोर्डिङ स्कुलले रु. २०,००० रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    सो अवसरमा प्रमुख देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले तीज पर्वले महिला अधिकार, सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यबद्धतामा टेवा पुर्‍याउने बताउँदै विद्यालयस्तरमै प्रतियोगिता आयोजना गर्नु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो। 

    उपप्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत भएको उक्त प्रतियोगितामा उपप्रमुख विद्यालक्ष्मी गुरुङले विद्यार्थीलाई संस्कृतिसँगै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर उपलब्ध भएको भन्दै आगामी दिनमा पनि यस किसिमका गतिविधि निरन्तरता दिइने प्रतिवद्धता जनाउनुभयो।

    प्रतियोगिताको निर्णायकको भूमिकामा नारायण लेखाली, दल बहादुर गुरुङ र रितु शाही रहेका थिए।

    प्रतियोगितामार्फत विद्यार्थीलाई तीज संस्कृतिसँग जोड्ने, कला–संस्कृतिको संरक्षण गर्ने र मौलिकतालाई प्रोत्साहन गर्ने उद्देश्य रहेको आयोजक देवदह नगरपालिकाले जनाएको छ।

    कार्यक्रम उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, महिला सदस्य कृष्णमाया रानाको स्वागत र शिक्षा शाखा अधिकृत पर्शुराम ढकालको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij