लुम्बिनी पाना, देवदह । हरितालिका तीजको अवसर पारेर सेभेन स्टार इङलिस बोर्डिङ स्कुलमा सेभेन स्टार जुनियर रेडक्रस सर्कलले नृत्य प्रतियोगिता आयोजना गरेको छ । कार्यक्रमको सभापतित्व जुनियर रेडक्रस सर्कलका अध्यक्ष प्रिन्स श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम चापागाई, प्रबन्धक निर्देशक मोहन गिरी, सह–प्राचार्य तिर्थराज पन्ती, लेखा संयोजक रमेश खनाल, परीक्षा संयोजक संकर पौडल, खेलकुद संयोजक कमल गिरी, प्रि–प्राथमिक इन्चार्ज प्रतिमा श्रेष्ठ तथा प्राथमिक इन्चार्ज बाबुराम गिरीलगायत विशिष्ट अतिथि कार्यक्रममा उपस्थित थिए ।
प्राचार्य चापागाईले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई ज्ञान, अनुभव र आत्मविश्वास बढाउने बताए भने प्रत्येक विद्यार्थीको क्षमता र रुचिमा भिन्नता हुने भएकाले यस्ता गतिविधिले सबैलाई अवसर प्रदान गर्ने बताए । सह–प्राचार्य पन्ती लगायतले पनि विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा मन्टेस्वरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले कक्षागत तथा सदनगत समूहमा भाग लिएका थिए । मोन्टेस्वरी–कक्षा १ समूहमा आठ टोली सहभागी हुँदा प्रथम कक्षा १, द्वितीय यूकेजी र तृतीय एलकेजी भए। कक्षा २–४ समूहमा एघार टोलीमध्ये प्रथम कक्षा ४, द्वितीय कक्षा ३ र तृतीय कक्षा २ घोषित भए।
कक्षा ५–७ समूहमा पाँच हाउसमध्ये ओसियन हाउस (बिन्दिया केसी लिडर) प्रथम, माउन्टेन हाउस (अनामिका श्रेष्ठ) द्वितीय र अमेजन हाउस (सन्ध्या भट्टराई) तृतीय भए। कक्षा ८–१० समूहमा माउन्टेन हाउस प्रथम, अमेजन हाउस द्वितीय र ओसियन हाउस तृतीय भए।
करीब ३० समूह सहभागी प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई अबिर, मेडल र प्रमाणपत्र विशिष्ट अतिथि तथा सभापति प्रिन्स श्रेष्ठबाट वितरण गरिएको थियो। कार्यक्रमको अन्त्यमा सभापति श्रेष्ठले सम्पूर्णलाई हरितालिका तीजको शुभकामना दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij