मंगलवार, आश्विन १३ गते २०८३
लुम्बिनी पाना, देवदह ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको देवदह नगर अधिवेशन सम्पन्न भएको छ।शनिबार ओम दर्शन पार्टी प्यालेसमा पार्टीको अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले झगरीलाल शर्माको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा उपाध्यक्षमा अनिरुद्र प्रसाद चौधरी, खुल्ला उपाध्यक्षमा मन कुमारी सुनार, महिला उपाध्यक्षमा रोशनी पासी, सचीवमा शंकर थापा क्षेत्री, कोषाध्यक्षमा निरु न्यौपाने र सह-सचीवमा दुर्गा बगाले निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० भन्दा बढी राप्रपामा प्रवेश गरेको राप्रपा देवदहले जनाएको छ।
“भ्रष्टाचार नभएको कुनै ठाउँ छैन, सबैले खबरदारी गरौं विदेश पलायन रोक्नुपर्छ” : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यको हरेक निकायमा भ्रष्टाचार मौलाएको भन्दै यसको अन्त्यको लागी सबै देशभक्त नागरिक एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
उनले स्वदेशमै रोजगारीको अवसर नहुँदा युवाहरू विदेश पलायन हुन बाध्य भएको उल्लेख गर्दै, “रोजगारी सिर्जना नगरेसम्म राष्ट्र बलियो नहुने भन्दै युवाहरुको विदेश पलायन रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताए।
साथै उनले गणतन्त्रको नाममा लुटतन्त्र हावी भएको दाबी गर्दै लुटतन्त्र र राज्यको सार्वजनिक ऋण वृद्धि हुन नदिन राजसंस्था सहितको हिन्दु राज्य र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा अगाडी सारेको बताए।
नगर अधिवेशनको सञ्चालन गङ्गाराम गिरीले गरेका थिए भने अध्यक्षता माधव रिमालले गरेका थिए। वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठले प्रमुख अतिथि समेत रहेका अध्यक्ष लिङ्देनलाई स्वागत गरेका थिए।
अधिवेशनमा प्रतिनिधि सभा सदस्य ध्रुव बहादुर प्रधान, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, पार्टीका सहमहामन्त्री ताहिर अलि, केन्द्रिय सदस्य तोयानाथ लम्साल, राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, रुपन्देही क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य आशिष चौधरी, पार्टीका बुटवल नगर अध्यक्ष निरज प्रताप खाण, माओवादी केन्द्रका नगर अध्यक्ष दिपक न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको उद्घाटन सत्र पार्टीका देवदह नगर अध्यक्ष माधब रिमालको अध्यक्षता, पार्टीका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठको स्वागत र सचीव गङ्गाराम गैरेको संचालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij