बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह प्रिमियर लिगको दोस्रो सिजन असोज १८ गतेदेखि

देवदह प्रिमियर लिगको दोस्रो सिजन असोज १८ गतेदेखि

images
  • 488
    SHARES

  • images
    images
    images
    देवदह प्रिमियर लिगको दोस्रो सिजन असोज १८ गतेदेखि
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदहमा दोस्रो संस्करणको देवदह प्रिमियर लिग (डिपिएल)–२०८२ आगामी असोज १८ गतेदेखि सुरु हुने भएको छ । ‘क्रिकेट युद्ध’ भन्ने नारासहित हुने यो प्रतियोगिता देवदहका युवाबीच बढ्दो लोकप्रियता हासिल गरिरहेको क्रिकेटलाई थप व्यवस्थित र आकर्षक बनाउन डी–युनिटी (D–Unity) संस्थाले आयोजना गर्न लागेको हो। गत वर्षको पहिलो संस्करणमा पाकडी प्यान्थरले उपाधि जितेको थियो भने यसपटक प्रतियोगितालाई अझ प्रभावशाली बनाउन तयारी भइरहेको आयोजकले जनाएको छ ।

    बिहिवार आयोजित पत्रकार सम्मेलनमा संयोजक गोपाल भण्डारीले युवाको खेल प्रतिभा उजागर गर्ने र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले डिपिएलले स्थानीय खेलाडीलाई मात्र अवसर दिने नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने ढोका पनि खोल्ने विश्वास व्यक्त गरे। “हामीले यो प्रतियोगितामार्फत गाउँ–सहरमा लुकेर बसेका खेलाडीलाई उजागर गर्नेछौं। उनीहरूलाई मैदानमा उतारेर भविष्यमा नेपालको राष्ट्रिय टिममा योगदान दिने खेलाडी बनाउने हाम्रो लक्ष्य हो,” भण्डारीले भने।

    images
    images
    images

    पत्रकार सम्मेलनमा संयोजक भण्डारीले खेल अवधिभरको लागी खेलाडी, अम्पायर, आयोजक, प्राविधिकको बिमा गरिने जानकारी दिए।हाल सम्म ६ वटा टिम दर्ता भएको र उपाधी उचाल्ने टिमले नगद १ लाख र उपविजेताले ५० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्रको पाउनेछ्न।

    यसपटकको संस्करणका लागि सहभागी ६ टोलीका मार्क्यु खेलाडी र रिटेन खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले जानकारी दिँदै पाकडी प्यान्थरले प्रकाश भण्डारीलाई मार्क्यु खेलाडी र रोशन गौतमलाई रिटेन गरेको छ । त्यस्तै भवानीपुर रोयल्सले सन्दीप अर्याललाई मार्क्यु खेलाडी र अर्जुन जीसीलाई रिटेन गरेको छ । टटेरा डाईनामाईटले सन्दीप बश्याललाई मार्क्यु खेलाडी र विवेश खातीलाई रिटेन गरेको छ भने ढेकवार योद्धाले जितेन्द्र बनियालाई मार्क्यु खेलाडी र रमेश रक्षकोटीलाई रिटेन गरेको छ । यसैगरी खैरेनी ग्लाडिएटर्सले कमल जैसीलाई मार्क्यु र सोनु सहानीलाई रिटेन गरेको छ भने शीतलनगर सुपर स्टाईकर्सले बिनोद क्षेत्रीलाई मार्क्यु र सचिन पाण्डेलाई रिटेन गरेको छ ।

    खेलाडी दर्ता भदौ १५ देखि २५ गतेसम्म खुला रहने र असोज १ गते ‘अक्सन वार’ अर्थात् लिलामी प्रक्रिया सम्पन्न हुने बताइएको छ । त्यही आधारमा टिमहरूले खेलाडी छनोट गर्नेछन् भने वास्तविक प्रतिस्पर्धा असोज १८ गतेदेखि सुरु हुनेछ । आयोजक डी–युनिटीले डिपिएललाई खेलमार्फत युवा सशक्तिकरण, सामाजिक एकता र देवदहमा खेल संस्कृतिको विस्तार गर्ने एउटा महत्वपूर्ण पहलका रूपमा अघि बढाइने विश्वास व्यक्त गरेको छ ।

    कार्यक्रममा पूर्व अध्यक्ष अजय गुरुङ, नारायण बस्नेत र ६ वटै टिमका अनरहरुको सहभागीता रहेको थियो।कार्यक्रमको अध्यक्षता डि -युनिटी क्लबका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षता, संचालन सचीव सुजन सिंजाली मगरको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij