मंगलवार, आश्विन १३ गते २०८३
लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा लियो क्लब अफ भिजनरी युथ गठन गरिएको छ।युवाहरुलाई सामाजिक सेवा र नेतृत्वतर्फ प्रेरित गर्ने उद्देश्यका साथ लियो क्लब अफ भिजनरी युथ गठन गरिएको हो।लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले स्पोन्सर गरि भिजनरी युथ गठन गरेको हो।
लियो क्लब अफ भिजनरी युथको संस्थापक अध्यक्षमा सुमन गुरुङ चयन भएका छन्। त्यस्तै प्रथम उपाध्यक्षमा सागर भुसाल, द्वितीय उपाध्यक्षमा सन्देश रेग्मी, तृतिय उपाध्यक्षमा प्रवेश अदै, सचिवमा कृति न्यौपाने, कोषाध्यक्षमा आशिष बस्याल, सह–सचिवमा जय भण्डारी, सह–कोषाध्यक्षमा दर्शन थापा, टेल ट्विस्टरमा अनमोल पाण्डे, टेमरमा स्पर्श राई र पिआरओमा अर्पण खरेल रहेका छन्।
डाइरेक्टरहरूमा अमित बुचा, सम्राट श्रेष्ठ, विधान पौडेल र दृष्टि अदै चयन भएका छन् भने सदस्यहरूमा अर्पण पौडेल, नितु आर्याल, रोहन गाहा, रेणुका सुनार, पूर्णिमा पाण्डे, निकिता ढुंगाना र निशान्त श्रेष्ठ रहेको लियो गठनका संयोजक लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका पूर्व अध्यक्ष कमल पौडेलले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि चार्टर प्रेसिडेन्ट दिपेश बिक्रम मल्लले प्रशिक्षण एवं मन्तव्य व्यक्त गर्दै लायन्स क्लब, लियो क्लबले युवाहरुको नेतृत्व र क्षेमता विकास सङ्गै सामाजिक कार्यमा लाग्न उत्प्रेरणा मिल्ने बताए।
कार्यक्रममा लायन्स क्लब अफ प्रोफेशनल युथका कोषाध्यक्ष शरद भण्डारी, मेम्बर सीप डाइरेक्टर विकास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष बिमल तिवारीको अध्यक्षता तथा प्रथम उपाध्यक्ष नवीन थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij