बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

उषा विकको घर निर्माण अभियानमा जुटे युवा, दशैमा पाउने भए नयाँ घर

उषा विकको घर निर्माण अभियानमा जुटे युवा, दशैमा पाउने भए नयाँ घर

images
  • 836
    SHARES

  • images
    images
    images
    उषा विकको घर निर्माण अभियानमा जुटे युवा, दशैमा पाउने भए नयाँ घर
    images
    images
    images

    लुम्बिनी पाना,देवदह। रुपन्देहीको देवदह ७, हिलेटोलमा बसोबास गर्दै आएका उषा विकको लागि युवाहरु घर निर्माण अभियानमा जुटेका छन् । स्थानीय युवाहरुको सक्रियतामा क्षेत्रीको घर निर्माण कार्य सुरुवात भएको हो ।

    स्थानीय युवाहरु चन्द्रकान्त खरेल ध्रुव र अर्जुन गैरेको पहलमा युवाहरू घर निर्माण अभियानमा जुटेका हुन् ।

    images
    images
    images

    देवदह -७ हिलेटोलकी उषा एकल महिला हुन् ।उनको श्रीमानको ७ वर्ष अगाडी निधन भएको थियो। श्रीमानको निधन पछि २ छोरीको जिम्मेवारी उषाको काधमा आएको थियो।शारीरिक रुपमा केही अशक्त रहनुभएकी उषाले दैनिक ज्याला मजदुरी गरि छोरीहरुको पालनपोषण गर्दै आउनुभएको छ।३ आफ्नो घर नभएको कारण आफन्तको घरमा आश्रय लिएर बसेका ४५ वर्षीय उषाको घर निर्माण अभियानमा युवाहरू जुटेका हुन् ।

    अभियानका संयोजक चन्द्रकान्त खरेलले सामाजिक कार्य मार्फत समाजमा योगदान दिन पाँउदा खुशी लागेको बताए।यस अगाडी देवदह -३ का विदेशी मुसहर र देवदह -७ का लिलावती क्षेत्रीको घर निर्माण गरि हस्तान्तरण गरिएको र आगामी दिनमा समेत सामाजिक कार्यहरूलाई निरन्तरता दिने खरेलले प्रतिबद्धता व्यक्त गरे।

    घर निर्माण अभियानको सुरुवात गर्दै देवदह नगरपालिका ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले २०७८ सालमा नेपाल सरकारको फुसको छानो बिस्थापन योजना अनुसार जस्ता पाता लगाउने कार्य भएको घरको बाँकी काम अलपत्र अवस्थामा रहेकोले युवाहरुले सुरु गरेको घर निर्माण अभियानको प्रशसा गर्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    अभियान्ता अर्जुन गैरेले देश विदेशबाट प्राप्त हुने सहयोग रकम र स्थानीय युवहरुको सहयोगमा घर निर्माण गरिने र श्रमदान मार्फत समेत अभियानमा सहभागी हुन आग्रह गरे।

    स्मृति सामुदायिक वनका अध्यक्ष एवं स्थानीय भरत कुमार गुरुङले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    अभियान सुरुवात कार्यक्रमको अध्यक्षता हिलेटोल टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षता र अर्जुन गैरेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, भाद्र १४ २०८२११:४९:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij