बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

'डान्स अफ देवदह’ : अडिशनमा छनोट भएका ८० जनालाई नृत्य कार्यशाला

'डान्स अफ देवदह’ : अडिशनमा छनोट भएका ८० जनालाई नृत्य कार्यशाला

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    'डान्स अफ देवदह’ :  अडिशनमा छनोट भएका ८० जनालाई नृत्य कार्यशाला
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। द फ्लाई हाई डान्स स्टुडियो, देवदह–७ शितलनगरले आयोजना गरेको नृत्य प्रतियोगिता ‘डान्स अफ देवदह’ सुरु भएको छ। “नो भोट, नो एसएमएस, नो टिकट” नारासहित सुरु गरिएको प्रतियोगितामा अडिसन चरणमै ५०० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।

    नृत्यमा रुचि राख्ने देवदहका सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्ष्यित गरि आयोजना गरिएको उक्त कार्यक्रम विशुद्ध प्रतिभाको खोजी गर्ने उदेश्यले आयोजना गरिएको द फ्लाई हाई डान्स स्टुडियोका अध्यक्ष तिर्सना पुनले जानकारी दिईन।

    images
    images
    images

    अडिशनबाट छनोट भएका ८० जनालाई चर्चित कोरियोग्राफर सन्जय विश्वकर्माले प्रशिक्षण दिने र वर्कशपबाट छनोट भएका ३० जनाले दोस्रो चरणमा प्रवेशका लागी प्रतिस्पर्धा गर्नेछन् । तीमध्येबाट उत्कृष्ट १० जना फाइनलिस्ट चयन हुने नृत्य प्रशिक्षक विश्व गुरुङले जानकारी दिए।

    प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले नगद ५० हजार सहित, गिफ्ट ह्याम्पर, दोस्रो हुनेलाई २५ र तेस्रो हुनेलाई १५ हजार नगद सहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

    कार्यक्रम डान्स स्टुडियोका अध्यक्ष तिर्सना पुन मगरको अध्यक्षता, कलाकार तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको प्रमुख आतिथ्यता उषा थापाको स्वागत र रोहन राना मगरको संचालनमा सम्पन्न भएको थियो।

    प्रतियोगितामा करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र ग्रान्ड फिनाले असोजको अन्तिम हप्ता हुने आयोजकले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij