बुधवार, आश्विन १४ गते २०८३
लुम्बिनी पाना । रुपन्देहीको देवदह नगरपालिका–४ अन्तर्गत रहेको महामाया भवानी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त प्यानल बनेको भन्ने समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले आपत्ति जनाएको छ।
पार्टी जिल्ला कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा सो निर्वाचनमा रास्वपाको आधिकारिक निर्णय वा सहभागिता नभएको स्पष्ट पारिएको छ। विज्ञप्तिमा भनिएको छ, “पार्टीले सामाजिक संघ–संस्था तथा शैक्षिक क्षेत्रमा हुने हरेक प्रकारको राजनीतिक हस्तक्षेपको घोर विरोध गर्दछ।”
रास्वपाले भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन स्थापना र शिक्षा जस्ता मौलिक क्षेत्रमा दलगत राजनीति रहित वातावरण सुनिश्चित गर्ने आफ्नो नीति रहेकाले विद्यालयमा राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ।
विज्ञप्तिमा पार्टी रुपन्देहीका सचिव विष्णु प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij