लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा प्रोफेशनल व्युटिसियन ट्रेनिङ सफलतापूर्वक सम्पन्न भएको छ ।बिहीबार ट्रेनिङमा सहभागी ४० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो। जसले भविष्यमा सौन्दर्य क्षेत्रसँग सम्बन्धित व्यवसायिक अवसरहरूमा प्रवेश गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्वेच्छा मेक ओभरका सञ्चालक स्वेच्छा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले सहभागीहरूलाई व्यावसायिक क्षेत्रमा दक्षता र रोजगार सिर्जनाको महत्त्वबारे विशेष सन्देश दिनुभयो।
प्रबक्ता डुम्रेले कार्यक्रममा बोल्दै भन्नुभयो, “आजको प्रशिक्षणले मात्र सीप प्रदान गर्दैन, यसले तपाईंहरूलाई रोजगारका अवसरमा अग्रसर बनाउँछ। व्युटिसियन प्रशिक्षणमार्फत विद्यार्थीहरूले आफ्नै व्यवसाय सुरु गर्न सक्ने क्षमता प्राप्त गर्नेछन् र विभिन्न सैलुन तथा ब्युटी एकेडेमीमा रोजगारीको अवसर पनि पाउनेछन्। धैर्यता, लगनशीलता र निरन्तर अभ्यास नै सफल व्यवसायिक जीवनको आधार हो।”
मेकओभरका संचालक श्रेष्ठले स्वदेशमै थुप्रै अवसरहरु भएकोले विदेश पलायन भैहाल्नु पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । सिकेको सीपलाई मिहेनतका साथ व्यवहारमा उतारी आयआर्जना जोडिन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, (समृद्धि हेयर सैलुन एण्ड ब्युटी एकेडेमीकाका प्रोपोराइटर मोहन ठाकुर, अन्जु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
यस प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूलाई मात्र सीप नभई व्यवसायिक क्षमता, आत्मनिर्भरता र रोजगार सिर्जना गर्ने अवसर प्रदान गरेको आयोजकको दावी छ।
कार्यक्रम मेकओभरका कर्मचारी निशा ओझाको स्वागत र सिटिजन लाइफ इन्स्योरेन्सका खैरेनी शाखाका प्रमुख विनिता श्रीसको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij