बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

“बालविवाह रोकथामका लागि धर्मगुरुहरूको १० बुँदे प्रतिबद्धता”

“बालविवाह रोकथामका लागि धर्मगुरुहरूको १० बुँदे प्रतिबद्धता”

images
  • 362
    SHARES

  • images
    images
    images
    “बालविवाह रोकथामका लागि धर्मगुरुहरूको १० बुँदे प्रतिबद्धता”
    images
    images
    images

    लुम्बिनी पाना  । रुपन्देहीको देवदहमा बालविवाह न्यूनिकरण तथा रोकथामका लागि धर्मगुरुहरूसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोइया महिला स्वावलम्वी संस्थाको आयोजना तथा गल्स फस्ट फण्ड, नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रम देवदह–५ खैरेनीस्थित पाठक फुडलेण्ड एण्ड इभेन्ट भेनुमा सम्पन्न भएको हो ।

    “धार्मिक अगुवाहरु, हामी सबै जागौं, बालविवाह रोक्नको लागि एकसाथ लागौं” भन्ने नाराका साथ भएको कार्यक्रममा धर्मगुरुहरूको भूमिकालाई निर्णायक मान्दै उनीहरूको सक्रिय सहकार्यमा समाजलाई सचेत बनाउनुपर्नेमा जोड दिइएको थियो ।

    images
    images
    images

    कार्यक्रम उद्घाटन गर्दै देवदह नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा नगरप्रवक्ता गणेश डुम्रेले समाज विकासका लागि भौतिक पूर्वाधार मात्र पर्याप्त नभई चेतना र सोचको विकास जरुरी हुने उल्लेख गर्नुभयो । उहाँले शिक्षा सीपसहितको हुनुपर्ने र बालमैत्री सिकाइले भविष्य निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

    त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष दमननाथ रेग्मीले भागी विवाह बढी हुने गरेको भन्दै बालविवाह अन्त्यका लागि धर्मगुरु, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक हुने बताउनुभयो । उहाँले विशेष गरी दलित समुदायमा बालविवाह बढी देखिएको र बालविवाहलाई नियन्त्रण गर्न नगरपालिकाले नीति बनाएर अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा ४४ जना धर्मगुरु लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागी वक्ताहरूले बालविवाह रोकथामका सन्देश धार्मिक कार्यक्रममार्फत समाजमा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यशालाले विभिन्न प्रतिबद्धता पनि सार्वजनिक गरेको छ । जसअनुसार उमेर नपुगेका किशोर–किशोरीको विवाहका सन्दर्भमा परामर्श दिने, यज्ञ वा धार्मिक कार्यक्रममा बालविवाहबारे प्रवचन गर्ने, टोलस्तरमा सचेतना कार्यक्रम गर्ने, विद्यालयमा परामर्शदाता तथा नर्स व्यवस्था गर्ने, पालिकाले नीति बनाएर बालविवाह गर्न रोक लगाउने लगायतका १० बुँदे निष्कर्ष पारित गरिएको छ ।

    कार्यक्रम संस्थाकी अध्यक्ष केशुमाया श्रेष्ठको अध्यक्षता, मेनुका न्यौपानेको स्वागत तथा एलिना हमालको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रमको  सहजीकरण ईन्दिरा अर्यालले गर्नुभएको थियो ।

    कार्यशाला गोष्ठीको प्रतिबद्धता तथा निष्कर्ष

    १. उमेर नपुगेका (२०वर्ष मुनीका) किशोर-किशोरी वा उनका अभिभावकहरू उनीहरुको विवाह सन्दर्भमा हेराउन, परामर्श गर्न वा विवाह गराउन आएमा सकारात्मक परामर्श दिने, कानू‌नी व्यवस्था बारे बताउने तथा स्थानीय जनप्रतिनिधिलाई खबर गर्ने ।

    २.यज्ञ, सप्ताह तथा विविध धार्मिक कार्यक्रममा सह‌भागी हुँदा बालविवाह‌का सम्बन्धमा पनि प्रवचन दिने । धार्मिक ग्रन्थहरूमा कहिंकतै बालविवाहलाई प्रशय दिने प्रसङ्ग रहेमा त्यसको गहिराइमा पुगी अध्ययन गरी स्पस्ट ब्याख्या गर्ने । कतिपय प्रसङ्गलाई हालको समयमा तुलना गरी विश्लेषण गरिदिने ।

    ३. बालविवाह न्यूनीकरण र रोकथाम गर्न धर्मगुरु र जनप्रतिनिधिहरूको सञ्जाल निर्माण गरी कार्य गर्ने।सोइ‌याले त्यस‌को पहल गर्ने।

    ४. वालविवाह‌का असर, प्रभावबारे टोल स्तरमा सचेतना कार्यक्रम गर्न, ठाउँ ठाउँमा भित्तेलेखन र वोर्डहरु राख्न तथा स्थानीय सञ्चार माध्यम‌मार्फत सचेतनामूलक कार्यक्रम गर्ने नगरपालिका र वडाहरूलाई अनुरोध गर्ने।

    ५. पढ्‌दै गरेका किशोर र किशोरीहरूलाई सिप, स्वरोजगार र उद्यमशिलतासँग जोडेर पढ्दै कमाउँदै अभियान सञ्चान गर्न पालिकालाई अनुरोध गर्ने।

    ६. वडाले विवाह गर्न योजना भएका परिवारलाई सिफरिस लिएर मात्र विवाह गर्ने नीति बनाई, जन्मदर्ता लिएर सिफारिस दिने नीति बनाउन वडा र पालिकालाई अनुरोध गर्ने।

    ७. अटेर गरी बालविवाह गरेमा विविध सुविध रोक्का गर्ने नीति निर्माण गरी अवलम्बन गर्न पालिकालाई अनुरोध गर्ने।

    ८.स्थानीय पाठ्यक्रम र पाठ्‌यपुस्तकमा बालविवाहका विषयहरू समावेश गर्न अनुरोध गर्ने।

    ९. स्थानीय विद्यालय प्रत्येकमा १ विद्यालय १ मुनोपरामर्शकर्ता र नर्श व्यवस्था गर्ने तथा विद्यालयका शिक्षकहरुलाई मनोपरामर्शको प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न अनुरोध गर्ने।

    १०.बालविवाह न्यूनिकरण र रोकथाममा लागेका व्यक्ति, समुदाय र संस्थालाई प्रोत्साहन र सम्मान गर्न पालिकालाई अनुरोध गर्ने ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij