बुधवार, आश्विन १४ गते २०८३
लुम्बिनी पाना, देवदह।रुपन्देहीको देवदह नगरपालिकाले आजदेखी नियमित रुपमा सेवा सुचारू हुने भएको छ। देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्यालले एक बक्तब्य जारी गर्दै जेन जेड आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण रोकिएको सेवा सुविधा भदौ २९ गते देखी सुचारु हुने उल्लेख गरिएको छ।
बिज्ञप्तिमा भनिएको छ, 'देशमा उत्पन्न भएको विषम परिस्थिति एवं विकसित घटनाक्रमले गर्दा देवदह नगरपालिका र अन्तर्गतका कार्यालयहरुबाट प्रवाह हुने सेवा अवरुद्ध भएकोमा मिति २०८२।५।२९ गतेदेखि देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा नियमित रुपमा सुचारु हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।'
यो संगै स्वास्थ्य संस्था, वडा कार्यालय तथा नगरपालिकाबाट हुने सेवा सुविधा आजदेखी सुचारू हुने भएको हो।सामुदायिक र संस्थागत विद्यालयहरुमा पनि आजैदेखि नियमित पठनपाठन सुरु हुने शैक्षिक संस्थाहरुले जानकारी गराएका छन् ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij