बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह प्रिमियर लिग दोस्रो संस्करणको लागि खेलाडी लिलामी सम्पन्न 

देवदह प्रिमियर लिग दोस्रो संस्करणको लागि खेलाडी लिलामी सम्पन्न 

images
  • 351
    SHARES

  • images
    images
    images
    देवदह प्रिमियर लिग दोस्रो संस्करणको लागि खेलाडी लिलामी सम्पन्न 
    images
    images
    images

    लुम्बिनी पाना, देवदह।  रुपन्देहीको देवदहमा देवदह प्रिमियर लिग दोस्रो संस्करणको लागि खेलाडी लिलामी सम्पन्न भएको छ । ‘क्रिकेट युद्ध’ भन्ने नारासहित हुने यो प्रतियोगिता देवदहका युवाबीच बढ्दो लोकप्रियता हासिल गरिरहेको क्रिकेटलाई थप व्यवस्थित र आकर्षक बनाउन डी–युनिटीले आयोजना गर्न लागेको हो । ग्रासरुट क्रिकेटको उत्सव डिपिएलले परिचित उक्त लिलाममा बुटवलका डेभिड थापालाई टटेरा डाईनामाईटले सर्वाधिक १३ हजार ४०० बोलीले आफ्‌नो टिममा समाबेश गराएको छ । त्यस्तै आशिष कुमार चौधरीलाई ११ हजार ९ सयमा भवानीपुर रोयल्स र सुरज खड्कालाई ९ हजार २ सयमा शीतलनगर सुपर स्टाईकर्सले टिमबाट खेल्नको लागि सहभागि गराउने भएका छन् । 

    कार्यक्रम देवदह प्रिमियर लिग दोश्रो सिजनको आयोजक समितिका अध्यक्ष तथा डि युनिटी युथ क्लबका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षता, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर केसी, देवदह १० का वडा सदस्य अमर लामिछाने, सामाजसेवी बासुदेव रिमाल, देवदह प्रहरी चौकी प्रमुख प्रहरी निरिक्षक भिमसेन विष्ट लगायतको उपस्थिती रहेको थियो ।देवदह प्रिमियर लिग सिजन २ मा ६ वटा टिमले सहभागि भएका छन् । जसमा पाकडी प्यान्थर, शीतलनगर सुपर स्टाईकर्स, खैरेनी ग्लाडिएटर्स, ढेकवार योद्धा, भवानीपुर रोयल्स र टटेरा डाईनामाईट रहेका छन । यी टिमहरुले आज आफ्ना लागि खेलाडी खरीद गरेका हुन् । 

    images
    images
    images

    देवदह ५ स्थित पाठक फुड ल्यान्ड एण्ड ईभेन्ट भेनुको सभाहलमा गरिएको अक्सन मार्फत् खेलाडीहरुको लिलामी गरिएको हो । अक्सन मार्फत् प्रत्येक टिमले १३–१३ खेलाडी खरिद गरेका छन् । १ मार्क्यु र १ रिटेन खेलाडी गरी २ जना भने सबै टिमले यस अघि नै राखिसकेका छन् । उपाधी उचाल्ने टिमले नगद १ लाख र उपविजेताले ५० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्रको पाउनेछ्न ।डिपिएल आगामी असोज १८ गते देखि देवदह ७ स्थित देवदह क्रिकेट खेल मैदानमा हुनेछ। गत वर्षको पहिलो संस्करणमा पाकडी प्यान्थरले उपाधि जितेको थियो।

     

     

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij