बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मूल्यवान बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

मूल्यवान बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

images
  • 469
    SHARES

  • images
    images
    images
    मूल्यवान बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा रहेको मूल्यवान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार देवदह ७ स्थित होटेल ॐ दर्शन एण्ड पार्टी प्यालेसमा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो।

    साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ नेपालको संचालक सदस्य टीका गौतमले सहकारीले शेयर सदस्य लक्ष्यित योजनालाई प्राथमिकता दिएर उत्पादनमुखी लगानी गर्न आवश्यक रहेको बताउनुभयो।

    images
    images
    images

    सहकारीको सफलताको आधारनै शेयर सदस्य भएकोले सहकारीको फाइदाहरु बारे प्रशिक्षण दिई सदस्यहरुलाई सहकारी संस्थाप्रती जवाफदेयी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारीको मूल उद्देश्य आत्मनिर्भर समाज निर्माण गर्ने भएकाले सदस्यलाई सहकारीप्रति केन्द्रित बनाएर आवश्यक जानकारी र लाभ पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार सहकारी केवल रकम जम्मा–र ऋण लगानी गर्ने संस्था मात्र नभई समाजलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउने महत्वपूर्ण आधारशिला भएको धारणा राख्नुभयो।

    नेपाल सरकारले सहकारीलाई प्रमुख अर्थनीति बनाएर अघि बढाए पनि त्यसको कार्यान्वयनमा अझै चुनौती रहेको उल्लेख गर्दै गौतमले कृषि र उत्पादन क्षेत्रमा लगाउनुपर्ने रकम जग्गा प्लटिङ र अन्य अनुत्पादक क्षेत्रमा प्रयोग हुँदा समस्या बढेको बताउनुभयो। उहाँले सहकारीलाई उत्पादनमुखी बनाउन सके मात्रै देशको आर्थिक विकासमा ठोस योगदान हुने धारणा राख्नुभयो।

    कार्यक्रममा देवदह -१० का वडा अध्यक्ष यक बहादुर सुनारले सहकारीमा देखा परेका वास्तविक समस्याहरुको पहिचान गरि समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।५ त्यस्तै कार्यक्रमकामा रुपन्देही जिल्ला सहकारी संघ लिमिटेडका कोषाध्यक्ष सहकारी अभियान्ता सुबकान्त न्यौपानेले सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुर्याएको बताउनुभयो।

    कार्यक्रमा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य निर्मला अधिकारी, सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वर पङ्गेनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    साधारणसभाले संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईले प्रस्तुत गर्नुभएको संस्थाको प्रतिवेदन, संस्थाका सचिव राधा बुढाथोकी दमाईले प्रस्तुत गर्नुभएको कार्यक्रम तथा बजेट तथा संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास गहतराजद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समितिका संयाेजक हुन बहादुर सुनारले प्रस्तुत गर्नुभएकाे लेखा समितिकाे प्रतिवेदन पारित गरेकाे छ ।

    संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सदस्यहरुको आय आर्जन वृद्धि गर्ने उदेश्यका साथ कृषि, महिला उद्यमशिलता, जिविकोपार्जन व्यवसायलाई आधुनिकिकरण, सीप र दक्षताका आधारमा युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउने उल्लेख गरिएको छ।

    आर्थिक वर्ष २०८२/०८३ काे भाद्र मसान्तसम्म संस्थाकाे सेयर पुँजी ८२,९१,५०० पुगेको छ।त्यस्तै सोही अवधिमा संस्थाले ३ करोड २ लाख ३१ ऋण लगानी गरेको छ।त्यस्तै २ करोड ४५ लाख ७८,०२२ बचत निक्षेप रहेको प्रतिवेदनमा उल्लेख छ। संस्थामा हाल सम्म ७९८ जना शेयर सदस्य रहेका छन् ।

    कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द बहादुर ठडराईको अध्यक्षता, उपाध्यक्ष गणेश विकको स्वागत र व्यवस्थापक नर बहादुर नेपालीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij