मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह युनाइटेडले मनायो दोस्रो स्थापना दिवस

लायन्स क्लब अफ देवदह युनाइटेडले मनायो दोस्रो स्थापना दिवस

images
  • 401
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह युनाइटेडले मनायो दोस्रो स्थापना दिवस
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । लायन्स क्लब अफ देवदह युनाईटेडले दोश्रो चार्टर्ड नाईट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष गणेश सापकोटाको अध्यक्षता र अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपालका डिष्ट्रीक्ट गवर्नर पिएमजेएफ बालाराम भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

     

    images
    images
    images

    FB_IMG_1758860750865.jpg

     

    कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रीक्ट गवर्नर पिएम जे एफ बालाराम भट्टराईले लायन्स क्लब अफ देवदह युनाईटेडले २ वर्षको छोटो अबधिमै क्लबले उल्लेखनिय कार्यहरु गर्दै आईरहेको बताउदै संस्थाको प्रशंसा गर्नुभएको थियो। उहाँले डिष्ट्रीक्टले आउदो अस्टुभर ४ देखि १२ सम्म मेन्टल हेल्थ सम्बन्धि कार्यक्रम गर्ने समेत जानकारी गराउनुभयो। साथै क्लबले गर्ने हरेक कार्यमा आफ्नो र डिष्ट्रीक्टको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    आई.डि.जी एम जे एफ पुर्शोत्तम भक्त प्रधानाङ्ग, पि.डि.जी पि एम जे एफ अर्जुन मान सैजु, लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष एम जे एफ विष्णु पौडेल, लायन्स डिस्ट्रीक क्याबिनेट अफिसरहरु, लायन्स मेम्बरहरु र विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    सोही अवसरमा क्लबका अध्यक्ष गणेश सापकोटाले क्लबका चार्टर्ड मेम्बरहरुलाई सम्मान समेत गर्नुभएको थियो । संग संगै क्लबले तयार पारेको डाईरेक्ट्री पनि विमोचन गरिएको थियो ।

    उक्त कार्यक्रममा नयाँ जोडिन आउनुभएका सदस्यहरु ओम बहादुर काफ्ले, गोविन्द पाण्डे र फुल प्रसाद पाण्डेलाई सर्टिफिकेट दिएर स्वागत गरिएको थियो ।

    कार्यक्रम क्लबको प्रथम उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत, तृतीय उपाध्यक्ष अर्जुन गुरुङको धन्यवाद ज्ञापन तथा क्लवका सचिव प्रविन गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij