लुम्बिनी पाना, देवदह ।देवदहमा बोनम्यारो बाट ग्रसित विरामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो। रुपन्देही सेवा समाज युएईले शुक्रबार एक कार्यक्रमको आयोजना गरि नगद ३५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।
हाल ओम अस्पताल काठमाडौमा उपचाररत दुर्लभ रोगबाट पीडित २ वर्षीया भावना न्यौपानेलाई अप्रेसनका लागी ७० लाख रुपैयाँ भन्दा बढी लाग्ने अस्पतालले जनाएको छ। विभिन्न सहयोगी दाताहरुबाट सहयोग संकलन गरि उपचार खर्च जुटाइएको न्यौपानेकी हजुर आमा विष्णु माया न्यौपानेले जानकारी दिनुभयो।
सुरज न्यौपाने र नम्रता पाण्डे न्यौपानेकी २ वर्षीय छोरी भावना १ वर्षको हुँदा उक्त रोग पत्ता लागेको थियो।
उपचारका लागि ठूलो रकम आवश्यक पर्ने थाहा पाएपछि रुपन्देही सेवा समाज–युएईले तीज विशेष कार्यक्रमबाट बचत भएको रकम सहयोग हस्तान्तरण गरेको समाजका वरिष्ठ उपाध्यक्ष कला पङ्गेनीले बताउनुभयो।
सन् २०१४ सालमा स्थापित समाजले स्थापनाकालदेखिनै निरन्तर सामाजिक कार्यहरु गरिरहेको र आगामी दिनरुमा पनि यसलाई निरन्तरता दिनका लागी समजाका सल्लाहकार तोयानाथ लम्सालले आग्रह गर्नुभयो।
रकम हस्तान्तरणका लागी वरिष्ठ उपाध्यक्ष एवं संयोजक कला पङ्गेनी, संस्थापक अध्यक्ष विष्णु एकदेव सापकोटा, महिला उपाध्यक्ष सीता थापा पङ्गेनी, महासचिव प्रकश भण्डारी, सल्लाहकार तोयानाथ लम्साल, तिलक भण्डारी, कृष्ण प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो।
समाजले यस अघि अर्घाखाँची सितगङ्गा नगरपालिका स्थायी घर भई तिलोत्तमा भलवारी बस्ने चन्द्र लक्ष्मी पौडेललाई उपचारका लागी आर्थिक सहयोग गरेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij