बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

दुर्घटनामा घाइते चौधरीलाई दर्ता सहयोगी राहत कोषको ५० हजार बढी सहयोग

दुर्घटनामा घाइते चौधरीलाई दर्ता सहयोगी राहत कोषको ५० हजार बढी सहयोग

images
  • 263
    SHARES

  • images
    images
    images
    दुर्घटनामा घाइते चौधरीलाई दर्ता सहयोगी राहत कोषको ५० हजार बढी सहयोग
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड रुपन्देही तिलोत्तमा नगरपालिका–१० मा कार्यरत दर्ता सहयोगी चित्र कुमारी चौधरी थारुका श्रीमान् राजकुमार चौधरीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।

    दुर्घटनामा परेका चौधरी उपचाररत रहेको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको गरिएको दर्ता सहयोगी राहत कोषका अध्यक्ष विकास गहतराज जानकारी दिए।

    images
    images
    images

    स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक राजु चौधरी, दर्ता सहयोगी राहत कोषका अध्यक्ष विकास गहतराज र सचिव रामनाथ गुप्ताको नेतृत्वमा संकलित नगद रु. ५०,१२६ हस्तान्तरण गरिएको दर्ता सहयोगी राहत कोषले जनाएको छ।

    उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग संकलन अभियानमा संलग्न सम्पूर्णलाई धन्यवाद व्यक्त गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij