मंगलवार, आश्विन १३ गते २०८३
लुम्बिनी पाना, युएई ।अबुधाबीस्थित नेपाली दूतावासले विशेष प्रेस विज्ञप्ति जारी गर्दै असहज अवस्थामा परेका ४८ जना नेपाली कामदारलाई उद्धार गरी स्वदेश फर्काउने प्रक्रिया सुरु भएको जनाएको छ।
दूतावासका अनुसार १७ भदौका दिन अबुधाबी सेन्ट्रल जेलमा रहेका ४८ जना नेपाली कामदारलाई मध्यराति १२:३० बजे जेल प्रशासनले छुटाइदिएपछि, दूतावासको प्रत्यक्ष पहलमा स्वदेश फर्काउने तयारी गरिएको हो।
यी कामदारहरूमाथि रोजगारदाता कम्पनीले "Absconding Case" लगाएका थिए। तर, निरन्तर पहल र छलफलपछि कम्पनी प्रतिनिधि, दूतावासका कर्मचारी तथा श्रम समितिको सहकार्यमा उनीहरूको Visa Cancellation र Gratis Outpass प्रक्रिया पूरा गरिएको दूतावासले स्पष्ट पारेको छ।
दूतावासले भनेको छ , "यस्ता समस्यामा परेकाहरूलाई उद्धार गरेर स्वदेश फर्काउने कार्यलाई निरन्तरता दिइनेछ। साथै, कामदारहरूले कानुनी प्रक्रिया र नियम पालना गरेर काम गर्नुपर्ने अत्यन्त जरुरी छ।"
यसअन्तर्गत उद्धार गरिएका सबै कामदारलाई नेपाल फर्कने हवाई टिकटसमेत नेपाल सरकारकै पहलमा व्यवस्था गरिएको छ।
नेपाल दूतावास, अबुधाबीले यसअघि पनि यस्तै अवस्थामा परेका कामदारलाई उद्धार गर्दै आएको र आगामी दिनमा पनि सक्रिय समन्वयमार्फत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij