बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गाजामा युद्धविराम र बन्धक रिहाइ योजनालाई इजरायलले गर्‍यो अनुमोदन

गाजामा युद्धविराम र बन्धक रिहाइ योजनालाई इजरायलले गर्‍यो अनुमोदन

images
  • 298
    SHARES

  • images
    images
    images
    गाजामा युद्धविराम र बन्धक रिहाइ योजनालाई इजरायलले गर्‍यो अनुमोदन
    images
    images
    images

    एजेन्सी।इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ। हिजो बसेको इजरायली मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकहरु छाड्ने योजना स्वीकृत गरेको इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

    हिजो नै इजिप्टमा इजरायल र हमासबीच सम्झौताको पहिलो चरणमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार पहिलो चरणमा दुबै पक्षले युद्धविराममा सहमति जनाएका छन्। साथै हमासले कब्जामा रहेका इजरायली बन्धकहरूलाई क्रमशः रिहा गर्नेछ भने इजरायलले पनि सयौं प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने तयारी गरेको खबरमा उल्लेख छ। 

    images
    images
    images

    यसै क्रममा इसरायली सैनिकहरू गाजाको केही भागबाट फिर्ता हुने र दैनिक सयौं ट्रक मानवीय सहायता लिएर गाजा प्रवेश गर्ने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायली बन्धकहरू आउँदो सोमवार वा मङ्गलबारसम्म फर्कने बताए। ट्रम्पका अनुसार यो सम्झौता अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताको प्रयासबाट सम्भव भएको हो। सम्झौताको कार्यान्वयनका विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ समेत इजरायली मन्त्रीपरिषद्को बैठकमा उपस्थित भएका थिए। 

    इजरायल र हमासबीचको यो प्रारम्भिक सहमति मध्यपूर्वमा स्थायी शान्तिको दिशामा पहिलो ठोस कदमका रूपमा हेरिएको छ। 

    यो सम्झौताको अनुमोदनपछि निम्न कुराहरू सकेसम्म चाँडो कार्यान्वयन हुने अपेक्षा गरिएको छ:
    ‍- गाजामा युद्धविराम
    - इजरायली सेना गाजाबाट फिर्ता 
    - बन्धक र शवहरूको आदानप्रदान
    - गाजामा मानवीय सहायतामा पहुँच

    यो अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरण हो। यसमा इजरायलद्वारा प्यालेस्टिनी कैदीहरूको रिहाइ पनि समावेश छ।


    हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी


    इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन ।

    सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् ।

    अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।

    विपिन जोशीका आमा र बहिनि इजरायलमा पुगेर जोशीको रिहाइको पहल गरी नेपाल फर्किएर हाल अमेरिका छन्। २ दिन अगाडी मात्र विपिन जोशीको भिडियो सार्वजनिक भएको थियो। तर उक्त भिडियो २ वर्ष पुरानो भएको आकलन गरिएको छ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij