सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आफन्त बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

आफन्त बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

images
  • 422
    SHARES

  • images
    images
    images
    आफन्त बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । आफन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका ४ वटा सेवा केन्द्रहरूमा एकैपटक साधारणसभा कार्यक्रम आयोजना गरिएको थियो।

    जस अन्तर्गत खैरेनी सेवा केन्द्रको अध्यक्षता संस्थाका संचालक समिति सदस्य वीर बहादुर रानाले गर्नुभएको थियो भने ज्येष्ठ सदस्य सुमित्रादेवी भण्डारी प्रमुख अतिथि रहनुभएको थियो।

    images
    images
    images

    कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रकान्त पराजुलीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, लेखा समिति सदस्य माधब ढकालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रमकै अवसरमा केरवानी माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा खादा लगाउदा खर्च हुने रकम कटौती गरि संस्थाले छात्रवृत्ति प्रदान गर्दै आएको छ। विद्यार्थीजरु अंशिका क्षेत्री र विधान चापागाईंलाई यस वर्ष शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो।

    साधारणसभाको अवसरमा उत्कृष्ट नियमित बचतकर्ता लाल डेङ्ग सापकोटा र धनश्याम भण्डारी, उत्कृष्ट ऋण कारोबारकर्ता शोभा थापा र हेमन्त गिरी, उत्कृष्ट दैनिक बचतकर्ता गिता पौडेल, उत्कृष्ट बाल बचतकर्ता अनिष थापा, उत्कृष्ट व्यवसायी कर्ता रिता लुइटेेल, उत्कृष्ट कारोबारकर्ता भरतराम भुसाल, उत्कृष्ट सुभेच्छा तथा सहयोगी धनश्याम भण्डारी र ज्येष्ठ सदस्य परशुराम भण्डारी तथा सुमिना देवी भण्डारीलाई सम्मान गरिएको थियो।

    धारणसभामा पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार गणेश सापकोटाले शुभकामना व्यक्त गर्नुभएको थियो।सल्लाहकार सापकोटाले सहकारी संस्था आपसी सहयोग र बचतको संस्कार विकास गर्ने माध्यम भएको बताउँदै यसले सदस्यहरूलाई सस्तो व्याजदरमा ऋण उपलब्ध गराउँदै उनीहरूको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने बताउनुभयो । साथै, सामूहिक लगानी र व्यवसायिक अवसरहरू बढाउँदै समुदायमा आत्मनिर्भरता र एकताको भावना जगाउन सहकारीले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो।

    ५ हजार ९८३ जना शेयर सदस्य रहेको संस्थाको प्रतिनिधि मूलक सभा असोज २५ गते संस्थाको केन्द्रिय कार्यालय देवदह ११ शंकरपुरमा हुने संस्थाले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij