बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

सहकारी

images
  • 512
    SHARES

  • images
    images
    images
    शुभलक्ष्मी  बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा रहेको शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिवार एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनीले सहकारीले सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहयोगी र महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। सहकारीले सानो लगानीमा व्यवसाय गर्ने विपन्न वर्गका नागरिकको जीवन स्तर उकास्न सहयोगी भूमिका खेलेको समेत बताउनुभयो। 

    images
    images
    images

    साथै केही सहकारीको कारण सहकारी क्षेत्र बदनाम भएको बताउँदै गलत उदेश्य बोकेर संचालनमा आएका सहकारीलाई नियमन गरिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सहकारी सदस्यहरुलाई सम्मान गरिएको थियो।

    कार्यक्रममा संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारीले अध्यक्षको प्रतिवेदन, सचीव दामोदर क्षेत्री र कोषाध्यक्ष कमला पाण्डेले सचीव र कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिका सदस्य मिरा भण्डारीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 

    कार्यक्रममा संस्थाका सल्लाहकार एवं पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी संस्थाले सहकारी संस्थाको मुलमर्म बुझेको दिन सहकारी सुदृढ हुँदै जाने भनाई व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थाका सल्लाहकार वासुदेव रिमाल र गुणाखर भूर्तेलले शुभकामना व्यक्त गर्नुभएको थियो।

    कार्यक्रम संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारीको अध्यक्षता, उपाध्यक्ष नेत्रलाल रिजालको स्वागत र सचिव दामोदर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij