बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

देवदहका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

images
  • 659
    SHARES

  • images
    images
    images
    देवदहका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै
    images
    images
    images

    विकास गहतराज, देवदह । रुपन्देहीको देवदह नगरपालिकाले भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको निर्देशनअनुसार देवदह नगरपालिका–५, ७, ९ र ११ का लालपुर्जा वितरण प्रक्रिया पूरा भएका भूमिहीनलाई प्रमाणपूर्जा वितरण गर्न लागिएको हो।

     

    images
    images
    images

     

    FB_IMG_1760258604182.jpg

     

    देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलका अनुसार पहिलो चरणमा प्रक्रिया पुगेका ८ सय मध्य ७ सय जनालाई पुर्जा वितरण गर्न लागिएको जानकारी दिनुभयो।

    प्रमाणपूर्जा वितरण कार्यक्रम कात्तिक १ गते बिहान ८ बजे देवदह नगरपालिकाको सभाहलमा सुरुवात हुनेछ। सबै सम्बन्धित नागरिकहरूलाई आफ्नो नागरिकता प्रमाणपत्रसहित अनिवार्य उपस्थित हुन समेत नगरपालिकाले आग्रह गरेको छ।

    भूमि समस्या समाधान आयोगद्वारा स्थगित कार्य पुनः प्रारम्भ गर्ने निर्णय अनुसार यसअघि जग्गा कब्जा गरी बसोबासी रहेका व्यक्तिहरूको समस्या समाधानका लागि यो प्रक्रिया अघि बढाइएको हो।

    देवदह नगरपालिकाका वडाहरुमा जग्गाधनी प्रमाणपुर्जा वितरणका लागी जग्गा नापजाँच, तथ्यांक संकलनका कामहरु तीब्र गतिमा भैरहेको थियो।यद्यपि आयोग खारेज भएपछि पुर्जा वितरणको विषय अन्यौल बनेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij