लुम्बिनी पाना, बुटवल।सिम्रीक कृषि सहकारी संस्था लि.को १६औं साधारण सभा तथा छैठौं अधिवेशनको अवसरमा बुटवल उपमहानगरपालिका–१७, मोतिपुरमा असोज २५ गते (शनिबार) खुला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल नियमित रक्तदाता संघ, केन्द्रीय समिति बुटवलको संयुक्त आयोजनामा बिहान ९ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले प्रदान गरेको थियो। सोबारे कार्यक्रम संयोजक दिपक अर्यालले जानकारी दिए।

कार्यक्रमका अध्यक्ष सिम्रीक सहकारीका टोपनारायण घिमिरे, प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष ज्ञानबहादुर रेग्मी, र विशिष्ट अतिथि नेपाल नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया सिल्वाल रहेका थिए। कार्यक्रमको सञ्चालन नेनिरसका केन्द्रीय महासचिव दिपक अधिकारीले गरेका थिए।

सो अवसरमा नेनिरसका पदाधिकारी तथा सदस्यहरू, सहकारीका उपाध्यक्ष कुशल थापा, सचिव गङ्गा घिमिरे, कोषाध्यक्ष मनु पाण्डे, सदस्यहरू सोमप्रसाद अर्याल, गङ्गाराम ढकाल, माया थापा क्षेत्री, साबित्रा न्यौपाने, अनुगमन सदस्य सम्भु नेपाल, लेखा संयोजक मित्रलाल चापागाईं, रक्तसञ्चार केन्द्र बुटवलका प्राविधिकहरू, सहकारीका अन्य पदाधिकारी, स्थानीय युवाहरू, बुद्धिजीवी, शिक्षक तथा सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो।
वडाध्यक्ष रेग्मीले आफ्नो मन्तव्यमा वडाले रगत तथा रगततत्व व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए। संघका अध्यक्ष सिल्वालले “रक्तदानका लागि सबै अगाडि बढौँ, टोलटोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान” भन्ने मूलमन्त्रका साथ संघले विगत लामो समयदेखि खुला, आकस्मिक र नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
अन्त्यमा सहकारीका अध्यक्ष घिमिरेले यस्तो पुण्यकार्यमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij