बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

साना किसान कृषि सहकारी संस्था देवदहको २६ औं बार्षिक साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था देवदहको २६ औं बार्षिक साधारण सभा सम्पन्न

images
  • 220
    SHARES

  • images
    images
    images
    साना किसान कृषि सहकारी संस्था देवदहको २६ औं बार्षिक साधारण सभा सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना । साना किसान कृषि सहकारी संस्था देवदहको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले ३ वटै सेवा केन्द्रमा एकै दिन साधारण सभा गरेको हो । संस्थाको मुख्य सेवा केन्द्रको खैरेनीमा, देवदह–१०, को चरेङ्गेमा र देवदह–११, को सिक्टहनमा २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । खैरेनीमा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका लेखा संयोजक भिमप्रसाद तुलाचनले सहकारीको माध्यमबाट देशको विकास गर्न सकिनेमा जोड दिनु भयो । उहाले विश्वमा धेरै देशहरु सहकारीको माध्यमबाट विकास भएको बताउदै सहकारी नीति, विधि र प्रविधिमा संचालन गर्नुपर्नेमा जोड दिनु भयो । 

    जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष समेत रहनु भएका तुलाचनले आफनो कर्तव्य र जिम्मेवारी पुरा नगर्ने तर अधिकारी मात्र खोज्ने प्रवृतिका कारण समस्या आउने गरेको बताउनु भयो । उहाले पछिल्लो समय सहकारीमा समस्या देखिने गरेको बताउदै सहकारीलाई सहि बाटोमा लैजानको लागि शेयर सदस्यहरुमा सहकारी ज्ञान हुन आवश्यक रहेको बताउनु भयो । उहाले कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिदै उत्पादनलाई प्राथमिकता दिन सके सदस्यहरुको आर्थिक उपार्जनमा वृद्धि हुने धारणा राख्नुभयो । उहाले सहकारीहरुले नाम अनुसारको काम गर्न आवश्यक रहेको बताउदै संस्थाले अगाडि सारेको योजना कार्यान्वयन गर्नको लागि शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । साना किसान कृषि सहकारी संस्था देवदहका अध्यक्ष टिका गौतमको अध्यक्षतमा भएको कार्यक्रममा शेयर सदस्यद्धय यमलाल तिवारी, सविना गिरी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

    images
    images
    images

    कार्यक्रममा उत्कृष्ट तरकारी खेती गर्ने किसान, उत्कृष्ट वंगुर पालक, उत्कृष्ट भैसीपालक, उत्कृष्ट गाईपालक कृषक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट वाल बचतकर्ता, उत्कृष्ट अर्न्तर समुह, महिला उद्यमी, असल ऋणि, उत्कृष्ट अन्तर समुहका पदाधिकारी, माध्यमिक शिक्षा परिक्षामा उत्र्तिण हुने विद्यार्थी संगै जेष्ठ शेयर सदस्यहरुलाई नगद सहीत सम्मान गरिएको थियो । कार्यक्रममा साना किसान विकास लधु वित्त वित्तिय संस्था शाखा कार्यालय बुटवलका प्रमुखअ शेरबहादुर चौधरीले सहकारीको विषयमा जानकारी दिनु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष टिका गौतमले बार्षिक प्रतिवेदन, भावी योजना, व्यवस्थापक सरला सुवेदीले प्रगति प्रतिवेदन, लेखा संयोजक कल्पना जिसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संचालक सदस्य नविन न्यानैपानेको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    यसैगरी सिक्टहनमा समेत सम्पन्न भएको छ । सहकारीका संचालक अजय रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ अधिकृत निरन्जन निसादले कृषि सहकारीको विषयमा सहजीकरण गर्नु भएको थियो । सञ्चालक सदस्य निरमाया आचार्यको स्वागत र सहायक व्यवस्थापक रामबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो । त्यसैगरी चरङ्गेमा पनि साधारण सभा सम्पन्न भएको छ । संचालक सदस्य दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विषयमा लेखा सदस्य दिवाकर अधिकारीले जानकारी दिनु भएको थियो । संचालक सरस्वती पोखरेलको स्वागत र मिलन पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij