मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाल मगर संघ देवदहद्वारा बलिहाङ्ग तिहारको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

नेपाल मगर संघ देवदहद्वारा बलिहाङ्ग तिहारको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

images
  • 668
    SHARES

  • images
    images
    images
    नेपाल मगर संघ देवदहद्वारा बलिहाङ्ग तिहारको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नेपाल मगर संघ देवदह नगर समितिले नेपालीहरूकाे दाेस्राे ठूलो चार्ड बलिहाङ तिहारकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार देवदह स्थित संघको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो।

    बलीहाङ तिहार २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दलबहादुर विरकट्टा मगरले मगर समुदायको एकता, सशक्तिकरण र सुसूचित संरचना निर्माणमा जोड दिनुभयो। उहाँले मगर विज्ञहरुको परिषद् मार्फत विगतका निर्णयलाई कार्यान्वयन गर्दै आगामी विकल्प र निकाससहित प्रस्ट धारणा निर्धारण गर्नुपर्ने बताउनुभयो। साथै, मगर संघ वार्ड स्तरसम्म प्रष्ट र अद्यावधिक रहनुपर्ने आवश्यकतामाथि पनि उहाँले जोड दिनुभयो।

    images
    images
    images

    उहाँले मगर बौद्ध सेवा समाजलाई केवल कर्मकाण्डमा सीमित नराखी, राज्यले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अपनाएको असमान नीति र व्यवहारलाई जनस्तरसम्म प्रष्ट पार्नु पर्नेमा बुलन्द विचार व्यक्त गर्नुभयो। 

    कार्यक्रममा जिल्ला सदस्य टेक बहादुर पुलामी, सल्लाहकार खर सिंह श्रीस, टेक बहादुर थापा, बुद्धिजीवी परिषद्का सदस्य यम राना, लोकेन्द्र जर्घा मगर, हरि बहादुर राना,वापा लाल बहादुर थापा लगायतले बलिहाङ तिहार र मगर समुदायको चाडपर्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

    कार्यक्रम संस्थाका अध्यक्ष मन बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष किसन बहादुर थापाको स्वागत र सचीव मिलन माश्की रानाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij