लुम्बिनी पाना, देवदह । कला संस्कृति र लोक परम्पराको संरक्षण गर्न रोहिणी सांस्कृतिक मञ्चले यस वर्ष देवदह क्षेत्रमा विशेष देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। सोमवार आयोजित पत्रकार भेटघाटमा मञ्चका प्रतिनिधिहरूले नयाँ पुस्तालाई संस्कृतिप्रति आकर्षित गराउने उद्देश्यसहित यो कार्यक्रम अघि सारिएको जानकारी दिए।
मञ्चका अध्यक्ष प्रितम थापाका अनुसार, देउसी–भैलोमार्फत संकलित रकमबाट देवदहमा संगीत र सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्न लगानी गरिनेछ। उनले मञ्चले यसपालि १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको र व्यवस्थापनका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।
थापाले देवदहको ऐतिहासिक पहिचान र सांस्कृतिक वैभवलाई देश–विदेशमा चिनाउन निरन्तर अभियान चलाइरहेको उल्लेख गरे। उनका अनुसार, संकलित रकमबाट स्थानीय विद्यार्थीहरूका लागि संगीत सम्बन्धी छात्रवृत्ति कार्यक्रम सुरु गरिनेछ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष केशव पराजुली, सचिव भगेन्द्र भगत, सह–सचिव मुक्ति चापागाईं, र वडा सदस्य झमकुमारी थापालगायतको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij