बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

उद्घाटन र शिलन्यासमा निमन्त्रणा नगर्न मन्त्री पुनको आग्रह

उद्घाटन र शिलन्यासमा निमन्त्रणा नगर्न मन्त्री पुनको आग्रह

images
  • 236
    SHARES

  • images
    images
    images
    उद्घाटन र शिलन्यासमा निमन्त्रणा नगर्न मन्त्री पुनको आग्रह
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् ।

    सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै मन्त्री पुनले आफु युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको उल्लेख गर्दै आफुलाई उद्घाटन-शिलन्यास सहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले जानै पर्ने र नगई नहुने मिटिङहरुमा मात्र केहि मन्त्रीहरु बिदेश गएको उल्लेख गर्दै बिदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह समेत गरेका छन्। मन्त्रि पुनले नियुक्त आफु मन्त्रिमा नियुक्त भएपछी गरेका कामहरु र निर्णयको सर्वसाधारणले प्रशंसा गरेका छन्। 

    मन्त्रि पुनले जारी गरेको सूचना 

    सुचनाः कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन / शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नु होला । म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गईन र जाँदैन । जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला । 

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij