बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल मगर संघ देवदह–५ द्वारा सम्मान तथा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाल मगर संघ देवदह–५ द्वारा सम्मान तथा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाल मगर संघ देवदह–५ वडा समिति

images
  • 433
    SHARES

  • images
    images
    images
    नेपाल मगर संघ देवदह–५ द्वारा सम्मान तथा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह, कार्तिक १० । नेपाल मगर संघ देवदह–५ वडा समितिले एक विशेष कार्यक्रमका बीच सम्मान तथा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल सरकारको सात तहमा नाम निकाल्न सफल दुई जना अधिकृतहरूलाई सम्मान गरिएको छ भने क्यान्सर रोगबाट ग्रसित एक बिरामीलाई उपचार खर्च हस्तान्तरण गरिएको छ।

    कार्यक्रममा देवदह–५, प्रगतिबजार निवासी मिनबहादुर सारु र युवराज दर्लामीमगर लाई सरकारी सेवामा सफलतापूर्वक नाम निकाल्न सफल भएकोमा सम्मान गरिएको थियो।

    images
    images
    images

    त्यसैगरी, देवदह बौद्ध विहारका अध्यक्ष भविन्द्र थापा मगरकी श्रीमती खिमादेवी थापा मगरलाई क्यान्सर उपचारका लागि रु. १ लाख ३१ हजार ७ सय ३१ रुपैयाँ हस्तान्तरण गरिएको नेपाल मगर संघ देवदह–५ वडा समितिले जनाएको छ। लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थापा मगरलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त राहत रकम प्रदान गरिएको कार्यक्रम संयोजक झमन थापाले जानकारी दिनुभयो।

    राहत रकम संघकै पहलमा संकलन गरी बिरामीलाई हस्तान्तरण गरिएको वडा समितिका अध्यक्ष नारायण श्रीष ले बताउनुभयो। सो अवसरमा बोल्ने वक्ताहरूले मगर समुदायले सरकारी सेवामा सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले शिक्षा बिना कुनै पनि योजना सफल नहुने भएकाले मगर समुदायले आफ्नो भाषा, संस्कार, संस्कृति संरक्षणसँगै शिक्षामा ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

    नेपाल मगर संघ देवदह–५ वडा समितिका अध्यक्ष नारायण श्रीषको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीकी सदस्य शोभाकुमारी थापा, नेपाल मगर संघ देवदह नगर समितिका उपाध्यक्ष किशन थापा, देवदह बौद्ध विहारका अध्यक्ष भविन्द्र थापा, संघका सल्लाहकार टंकबहादुर घर्ती लगायतका अतिथि हरूले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

    कार्यक्रममा संघकी उपाध्यक्ष रुवि सारुमगर ले स्वागत मन्तव्य राख्नुभएको थियो भने ताराबहादुर थापाले सञ्चालन गर्नुभएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij