बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुम्बिनी बौद्ध विश्वविद्यालय शैक्षिक कार्यक्रम विशेष अन्तरक्रिया कार्यक्रम

लुम्बिनी बौद्ध विश्वविद्यालय शैक्षिक कार्यक्रम विशेष अन्तरक्रिया कार्यक्रम

images
  • 361
    SHARES

  • images
    images
    images
    लुम्बिनी बौद्ध विश्वविद्यालय  शैक्षिक कार्यक्रम  विशेष अन्तरक्रिया कार्यक्रम
    images
    images
    images

    news photo.jpgलुम्बिनी पाना —कार्तिक–१०, लुुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस लुम्बिनीले आज बौद्ध अध्ययन शैक्षिक कार्यक्रम अन्तर्गत सन्चालित विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।एशियन होटल तथा पार्टी प्यालेस,ईट्टा भट्टी बुटवलमा बौद्ध समाज नेपालले सहआयोजना गरेको यस अन्तरक्रिया कार्यक्रम बुद्ध बन्दना संगै पञ्चशील सहित शुरुवात भएको थियो ।

     उक्त कार्यक्रममा क्याम्पसका प्रमुख  दयानिधि गौतमले आफ्नो कार्यकाल सम्म आईपुग्दा स्थापना कालदेखि आजसम्म सिकाई चरणमा नै रहेको र उल्लेख्य उपलब्धि नरहेको तथ्य विध्यार्थी भर्ना उतार चढाब चार्ट प्रस्तुत गर्दै नियमित भर्ना दर कायम गर्न अगामी दिनमा गर्न सकिने प्रमुख तीन आधारहरु विद्यार्थी,दाता र जग्गा व्यवस्थापन गर्न सहभागी विभिन्न सरोकार वालाहरुलाई अनुरोध गर्दै ए॓नले प्रदान गरेका बुँदाहरुलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराउनु भयो । साथै स्वदेश तथा विदेशबाट सहभागी विद्दयार्थीहरुलाई चार तहको शैक्षिक कार्यक्रमहरु प्रमाणपत्र,डिप्लोमा,व्याचलर र मास्टर्स तहहरु पाली,सस्कृत,भोट र शास्त्रीय भाषाहरुमा पठन पाठन हुने जानकारी गराउँदै यसलाई निरन्तरता दिन हातेमालो र सहकार्य गर्न अपिल गर्नु भएको थियो ।

    images
    images
    images

    उक्त कार्यक्रमलाई सहजीकरणको भुमिका निर्वाह गर्दै क्याम्सका प्राध्यापक  कमल थापाले सहभागीहरुलाई आफ्ना भनाई र सुझाबहरु राख्न गर्नु भएको अनुरोधमा विभिन्न सघं सस्थाहरु बौद्ध समाज नेपाल,नेवा पुच:,अम्बेडकर बौद्ध जागरण मञ्च,नेपाल मगर बौद्ध सेवा समाज लगायतका प्रतिनिधिहरु रहेका थिए ।

    कार्यक्रममा क्याम्पसका प्राध्यापक लीला मणी पाण्डेले सहभागिहरुलाई स्वागत गर्दै बौद्ध शिक्षा कक्षाकोठामा सिमित नराखी समुदायको चरित्र निर्माणमा विस्तार गर्नु पर्ने भन्दै सहभागीहरु सबैलाई हार्दिकता साथ सहभागिता जनाई आत्म गौरव समेत गर्न आग्रह गर्नु भएको थियो ।

    त्यसरी नै कार्यक्रम संयोजक बौद्ध सेवा समाजका अध्यक्ष  शंकर गाहाले सहभागी विद्दार्थीहरु मध्यका जेहेन्दार दुई विद्दयार्थीहरुलाई संस्थाको तर्फबाट छात्रवृति प्रदान र शिफारिश कमजोर आर्थिक अवस्था र जेहेन्दार विद्ध्यार्थीहरुलाई क्याम्पसले समेत आर्थिक सहुलियत प्रदान गर्नु पर्नेमा जोड दिनु भएको थियो । अन्य सहभागीहरु ओम विक,राधिका श्रीस,मन्जु सुबेदी,फणेन्द्र कुमार गेले,हरि कुमार बिक,ई लोकेन्द्र जर्घा,रन्जना सिँजाली,कान्ती परियार,गोबिन्द भट्टराई,दिपक सिङ सिँजाली मगर, नेपाल मगर बौद्ध सेवा समाज रुपन्देहीका अध्यक्ष जय सारु लगाएतका प्रतिनिधित्वहरुले राज्य स्तरबाट नै बौद्ध  शिक्षालाई प्रमुख प्राथमिकता दिदै विद्दालय स्तरमा परियति शिक्षा लागु गर्नु पर्ने र पढे पछिको दक्षता, उपलब्धी र जनशक्तिलाई उचित व्वस्थापन र रोजगारको आधार ग्यारेन्टी गर्न सके स्वत विद्द्यार्थी आकर्षण हुने कुरामा जोड दिएका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij