लुम्बिनी पाना, देवदह । ब्राह्मण समाज नेपाल, देवदहले आफ्नो चौथो वार्षिक साधारण सभा तथा संगीतमय भजन–कीर्तन सहितको विशेष कार्यक्रमको तयारी पूरा भएको जनाएको छ।कार्तिक २८ गते हुने कार्यक्रमबारे जानकारी दिन मङ्गलबार देवदहमा पत्रकार सम्मेलन सम्पन्न गरिएको हो।पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विष्णुप्रसाद अर्यालले कार्यक्रम भव्य र अनुशासित रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार गठन भएका उपसमितिहरूमा आर्थिक संयोजक देबु भट्टराई, सांस्कृतिक संयोजक: तीर्थ प्रसाद देवकोटा,मञ्च व्यवस्थापन संयोजक: घनश्याम भण्डारी, प्रचार–प्रसार संयोजक घनश्याम भण्डारी, प्रतिवेदन तथा प्रेस–छपाई संयोजक: हुम प्रसाद पाठक, अतिथि सम्मान तथा स्वागत संयोजक: जमुना न्यौपाने भुसालर्याली व्यवस्थापन संयोजक धुर्वराज न्यौपाने, जलपान व्यवस्थापन संयोजक धनमाया अर्याल रहेका छन्।
पत्रकार सम्मेलन अध्यक्ष विष्णुप्रसाद अर्यालको अध्यक्षता, देवदह -४ का वडा अध्यक्ष दमननाथ रेग्मीको प्रमुख आतिथ्यता, उपाध्यक्ष लक्षु न्यौपानेको स्वागत र सचिव हुम प्रसाद पाठकको सञ्चालनमा सम्पन्न भएको थियो।आगामी साधारण सभाले समाजमा एकता, संस्कार र सांस्कृतिक चेतनाको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij