बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह साझेदारी बन उपभोक्ता समुहकाे ९ औं साधारणसभा

देवदह साझेदारी बन उपभोक्ता समुहकाे ९ औं साधारणसभा

images
  • 531
    SHARES

  • images
    images
    images
    देवदह साझेदारी बन उपभोक्ता समुहकाे ९ औं साधारणसभा
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह साझेदारी बन उपभोक्ता समुहकाे ९ अैां साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । समुहका अध्यक्ष अकबाल खाँकाे अध्यक्षतामा तिलाेत्तमा ८ करहिया सामुदायिक बनकाे सभाहलमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै डिभिजनल बन कार्यालय रूपन्देहीका प्रमुख प्रबिण बिडारीले प्राकृतिक श्राेतलाई बाेर्डर सम्मका नागरिकले बन पैदावर उपभाेग गर्न पाउने गरि साझेदारी बनकाे अवधारणा रहेकाे बताउनु भयाे ।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बरिस्ठ बन अधिकृत बिडारीले समग्र विकासकाे भावना लिएर ३५ वट‌ै वडाकाे विकासमा लाग्नु पर्ने बताउनु भयाे । बरिस्ठ बन अधिकृत बिडारीले बन संस्कार र संस्कृति सँग जाेडिएकाे हुँदा सबै मिलेर बन जाेउनु पर्नेमा जाेड दिनु भयाे ।साेही कार्यक्रमलाई सम्बाेधन गर्दै करहिया सामुदायिक बनका अध्यक्ष हरिलाल अर्यालले उजाड भएकाे स्थानलाई देवदह साझेदारी बन समुहले घना हरियाली जंगल बनाएकाे भन्दै समुहलाई सबैले मिलेर सहयाेग गर्नुपर्नेमा जाेड दिनु भयाे ।

    images
    images
    images

    कार्यक्रमका बिशिष्ठ अतिथी समेत रहनु भएका अर्यालले बन ऐन नियमकाे पालना गर्दै उपभोक्ताहरूलाई बन पैदावर उपलब्ध गराउनु पर्ने बताउनु भयाे । कार्यक्रममा समुहका अध्यक्ष अकबाल खाँले बार्षिक प्रतिवेदने तथा लेखा संयाेजक ध्रुव धितालले आर्थिक प्रतिवेदन बाचन गर्नु भएकाे थियाे ।

    समुहका उपाध्यक्ष कृष्ण प्रसाद पाैडेलकाे स्वागत तथा काेषाध्यक्ष अर्जुन राज उपाध्यायकाे संचालनमा भएकाे कार्यक्रममा सल्लाहकार चेत नारायण कँडेल, उमानाथ कँडेल,सराेज कुमार पाण्डे, फुलमाया राना लगायतले मन्तब्य ब्याक्त गर्नु भएकाे थियाे ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij