बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ब्राह्मण समाज नेपाल, देवदहको चौथो वार्षिक साधारण सभा सम्पन्न

ब्राह्मण समाज नेपाल, देवदहको चौथो वार्षिक साधारण सभा सम्पन्न

images
  • 373
    SHARES

  • images
    images
    images
    ब्राह्मण समाज नेपाल, देवदहको चौथो वार्षिक साधारण सभा सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । ब्राह्मण समाज नेपाल, देवदहको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार देवदह-४ भवानीपुरमा नगर कार्यसमितिको वार्षिक साधारण सभा सम्पन्न भएको समाजका सचिव हुमप्रसाद पाठकले जानकारी दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै दार्शनिक गुरु चैतन्य कृष्णले ब्राह्मण भनेको के हो, यसको हिजोको अवस्था कस्तो थियो र आज कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने विषय बुझाइदिनुभयो। उहाँले हिन्दु धर्म–संस्कृति र ब्राह्मणीय मूल्य–मान्यतालाई अझ राम्रो बनाउँदै भविष्यको समाज र सन्ततिलाई सकारात्मक दिशामा अघि बढाउन सबैले जिम्मेवारीपूर्वक योगदान दिनुपर्ने सुझाव दिनुभयो। उहाँले धर्म, संस्कृति, सद्भाव र सदाचारको संरक्षणमा ब्राह्मण समाजको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै, हिन्दु धर्म–संस्कार र ब्राह्मण परम्पराका वास्तविक मूल्य–मान्यताबारे उपस्थितलाई संक्षेपमा अवगत गराउनुभयो।

    images
    images
    images

    सोहि अवसरमा बोल्दै ब्राहमण समाज नेपाल देवदहका अध्यक्ष विष्णुप्रसाद अर्यालले आगामी पुस्तालाई हाम्रो वैदिक–सांस्कृतिक परम्परा जोगाएर हस्तान्तरण गर्नु आजको सबैभन्दा ठूलो जिम्मेवारी रहेको बताउनुभयो। उहाले समाजको ऐक्यबद्धता, संस्कार र शिक्षाको विकासमा सबैको सक्रिय सहयोग बिना समुदायले दिगो प्रगति हासिल गर्न नसक्ने बताउनुभयो।

    ब्राहमण समाज नेपाल देवदह नगर समितिका अध्यक्ष विष्णुप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाको उपप्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह ५ का वडा अध्यक्ष एवं नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर १ का अध्यक्ष दिपक प्रसाद नेपाल, ३ का अध्यक्ष यज्ञ प्रसाद अर्याल, ४ का अध्यक्ष दमननाथ रेग्मी, भाषाविद भिम प्रसाद गुरुङ, कामधेनु गौशालाका संरक्षक योगी सोमराज एवं विभिन्न संघ संस्थाका विशिस्ट व्याक्तित्वहरुको उपस्तिथी रहेको थियो।

    ब्राहमण समाज नेपाल देवदहका उपाध्यक्ष देवु भट्टराईको स्वागत र सचिव हुमप्रसाद पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij