बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मतदाता नामावली दर्ताका लागी युवाहरुको सहजीकरण

मतदाता नामावली दर्ताका लागी युवाहरुको सहजीकरण

images
  • 985
    SHARES

  • images
    images
    images
    मतदाता नामावली दर्ताका लागी युवाहरुको सहजीकरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । आगामी फागुनमा हुने निर्वाचन लाई लक्षित गर्दै देवदह १२ का स्थानीय युवाहरूले मतदाता नामावली दर्ताका लागि स्थानीय हरुलाई सहज होस् भन्ने हेतुले सहजीकरण अभियान तीब्र बनाएका छन् ।

    IMG-20251116-WA0010.jpg

    images
    images
    images

    अनलाइन मार्फत घरमै बसेर पनि मतदाता नामावली दर्ता गर्न पाइने भएपछि यस प्रक्रिया मा गाउँका नागरिकलाई अझ सहज होस् भनेर निस्वार्थ भावले निःशुल्क दर्ता सुविधा  गराइएको सहजीकरण अभियन्ता धुर्ब लामिछाने ले बनाउनुभयो। सहजीकरणमा धुर्ब लामिछाने, कश्यप पाण्डे, अनिल बानिया, विनोद काफ्ले, सन्तोष न्यौपाने रहेका छन्।

    अभियानमार्फत अहिलेसम्म देवदहमा २ हजार भन्दा बढी नागरिकले नि:शुल्क दर्ता सुविधा पाएका छन्। जस अन्तर्गत अहिले वडा ४, ५, ६,११ र १२ मा दर्ता सहजीकरण निरन्तर जारी छ। सामाजिक सञ्जालमार्फत बाहिर रहेका युवासमेत यस अभियानमा जोडिएका छन्। 

    देवदह ११ मा पाँच सय बढी नामावली दर्ता भैसकेको छ अझै आउने क्रम जारी छ भने देवदह १२ मा हाल सम्म २ सय १० पुगेको छ भने अझै आउने क्रम जारी छ ।

    ४० भन्दा बढी युवा स्वयंसेवक सक्रिय रूपमा फिल्डमा खटिएका छन्।युवाहरूको यही सामूहिक प्रयासले “कसैको मताधिकार वञ्चित नहोस्” भन्ने भावना बलियो हुँदै गएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij