बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रायो सागमा भेटियो विषादी, ४८ घण्टाको लागी क्वारेन्टाइनमा पठाइयो

रायो सागमा भेटियो विषादी, ४८ घण्टाको लागी क्वारेन्टाइनमा पठाइयो

images
  • 639
    SHARES

  • images
    images
    images
    रायो सागमा भेटियो विषादी, ४८ घण्टाको लागी क्वारेन्टाइनमा पठाइयो
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -७ शितलनगर स्थित सोमबारे हात बजारमा देवदह नगरपालिकाले अनुगमन गरेको छ। देवदह नगरपालिका बजार अनुगमन समितिले सोमबार गरेको बजार अनुगमनका क्रममा रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ ।

    भैरहवाबाट बिक्रीका लागि शितलनगर बजारमा ल्याइएको रायो सागमा ४४.६५३ प्रतिशत कार्वामेट नामक विषादी भेटिएको देवदह नगरपालिका बजार अनुगमन समितिले जनाएको छ ।

    images
    images
    images

    केन्द्रिय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, बुटवलमा सोमबारे हाटबजारका काउली, साग, टमाटर, सिमि, बन्दाकोपी लगायत ८ थरी तरकारी परीक्षण गरेको थियो ।परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो ।

    विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग तत्कालका लागि उपभोग अयोग्य रहेको र छर्किएको विषादी न्यूनीकरणको लागी ४८ घण्टा क्वारेन्टाइनमा राख्न निर्देशन गरिएको बजार अनुगमन समितिका संयोजक देवदह -७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।

    सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij