बुधवार, आश्विन १४ गते २०८३
लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह -९ मा अवस्थित जनप्रिय सामुदायिक वन उपभोक्ता समुह देवदहको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष रुका सापकोटाको अध्यक्षता र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष सापकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी बर्षको लागि एक करोड ५७ लाख ५१ हजार बरावरको योजना प्रस्तुत गर्नु भएको थियो । आर्थिक बर्ष २०८२/०८३ को लागि प्रस्तुत प्रशासनिक तर्फ १५ लाख ७५ हजार, वन व्यवस्थापन तर्फ ६३ लाख, सामाजिक विकास तर्फ ३१ लख ५० हजार र गरिवी न्यूनिकरण तर्फ ४७ लाख २५ हजार बरावरको योजना साधारण सभाले पास गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै उपप्रमुख गुरुङ्गले सामुदायिक वनलाई उत्पादन संग जोड्नु पर्नेमा जोड दिनु भयो । उहाँले सामुदायिक वनका उपभोक्ताहरुलाई उत्पादन संग जोड्ने गरी योजना अगाडि सार्नुपर्ने बताउदै त्यसको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले वनको संरक्षणले मात्र वातावरण स्वच्छ हुने हुदा सामुदायिक वनको विकासका लागि सामुदायिक वनहरु संग नगरपालिकाले हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो । उहाले सामुदायिक वन समुहले विशेष गरेर गरिवी न्यूनिकरणलाई प्रथामिकता दिनु पर्ने बताउदै उत्पादनले मात्र सामुदायको उन्नती हुने बताउनु भयो ।
कार्यक्रममा देवदह नगरपालिका–९, का वडाअध्यक्ष मोहनबहादुर जिसी, सव डिभिजन वन कार्यालय शितलनगरका सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ, वन महासंघ रुपन्देहीका अध्यक्ष श्यामकला आर्चाय, समुहका सल्लाहकार संयोजक ऋषिराम सापकोटा, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका उपाध्यक्ष तेजबहादुर कुवर, भलुही खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद सापकोटा, जनप्रिय माविका प्रधानाध्यापक गायत्रीप्रसाद खरेल, मनबहादुर गुरुङ्ग लगायतले बोल्दै वनलाई डढेलो, चरिचरण र चोरी तस्करीबाट रोक्नको लागि आमउपभोक्ताहरु सचेत हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष दुर्गाप्रसाद भुर्तेलले आर्थिक प्रतिवेदन, लेखा संयोजक खड्कबहादुर क्षेत्रीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जेष्ठ उपभोक्तांलाई सम्मान संगै सामाजिक उत्तरदायित्व अन्र्तगत जनप्रिय माध्यमिक विद्यालयलाई एक लाख प्रदान गरिएको थियो ।
समुहका उपाध्यक्ष टेकबहादुर विकको स्वागत र सचिव मालिका थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij