बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीको देवदहमा करेन्ट लाग्दा युवकको मृत्यु

रुपन्देहीको देवदहमा करेन्ट लाग्दा युवकको मृत्यु

images
  • 473
    SHARES

  • images
    images
    images
    रुपन्देहीको देवदहमा करेन्ट लाग्दा युवकको मृत्यु
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा करेन्ट लागेर एक युवकले ज्यान गुमाएका छन्। देवदह–६ खैरेनीस्थित कृष्ण क्षेत्रीको घरमा बिहेको तयारीका क्रममा झालर टाँग्न गएका बुलिङ्टार–१, नवलपुरका २९ वर्षीय देवबहादुर आले अचानक करेन्ट लागेर कारण गम्भीर घाइते भएका थिए।

    खैरेनी प्रहरी चौकी देवदहका वरिष्ठ सई कवि सेन्चुरीका अनुसार विहिबार बिहान करिब ११:४५ बजे घरमाथिको ११ केभी लाइनको झट्का लागेको थियो। करेन्ट लागेपछि अचेत अवस्थामा रहेका उनलाई तत्कालै देवदह मेडिकल कलेज भलुही पुर्‍याइएको थियो।

    images
    images
    images

    मेडिकल कलेजका डाक्टर पुष्पराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले करिब एक घण्टा कृतिम श्वासप्रश्वाससहित आवश्यक उपचारद्वारा बचाउने प्रयास गरे पनि सफल हुन सकेन। उपचारका क्रममा दिउँसो २ बजे उनलाई मृत घोषणा गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij