सहकारी
यसैगरी संचालक सदस्य सम्झना दुवेको अध्यक्षतामा घोडाहा सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा डुवेले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, व्यवस्थापक विनोद पराजुली, लेखा सदस्य कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य विष्णुप्रसाद भट्टराईको स्वागत र सेवा केन्द्र ईन्चार्ज अर्चना वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।९ यसैगरी संचालक सदस्य पिताम्वर खरालको अध्यक्षतामा सियारी सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा खरालले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार ईश्वरी ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य रोमबहादुर सोमरे र सेवा केन्द्र ईन्चार्ज रेनुका गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij