बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

'निशा मेमोरियल' दोस्रो जिल्ला स्तरीय रोट्र्याक्ट क्विज हुँदै

'निशा मेमोरियल' दोस्रो जिल्ला स्तरीय रोट्र्याक्ट क्विज हुँदै

images
  • 344
    SHARES

  • images
    images
    images
    'निशा मेमोरियल' दोस्रो जिल्ला स्तरीय रोट्र्याक्ट क्विज हुँदै
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–देवदहको आयोजनामा ‘निशा मेमोरियल दोस्रो जिल्ला स्तरीय रोट्र्याक्ट क्विज–२०८२' हुने भएको छ।आइतबार पत्रकार सम्मेलनको आयोजना गरि यहि मंसिर १३ गते देवदह इङलिस बोर्डिङ हाई स्कुलमा ‘निशा मेमोरियल दोस्रो जिल्ला स्तरीय रोट्र्याक्ट क्विज–२०८२’ आयोजना हुन लागेको जानकारी गराइएको हो।

     

    images
    images
    images

    IMG-20251124-WA0004.jpg

    प्रतियोगिताका लागि ६१ भन्दा बढी विद्यालयमा पत्र पठाइएको र ३० भन्दा बढी विद्यालय सहभागी गराउने लक्ष्य लिइएको रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–देवदहको वर्ष २०२५/०२६ का अध्यक्ष डाक्टर विजय अमगाईले जानकारी दिए।

    निशा स्मृति कोषमार्फत सञ्चालन हुने प्रतियोगिताको अनुमानित खर्च करिब १ लाख ३० हजार रुपैयाँ रहेको अध्यक्ष अमगाईले बताए। प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय १० हजार र तृतीय ५ हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन्।

    दोस्रो संस्करणको क्विज प्रतियोगिता कार्यक्रमको तयारी र व्यवस्थापनका लागि प्रविन गौडेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

    कार्यक्रमबारे जानकारी दिंदै माधव आचार्यले प्रतियोगिताका नियमहरू प्रस्तुत गरेका थिए। त्यस्तै, पूर्व अध्यक्ष सुनिल गिरीले रोट्र्याक्टका गतिविधिले युवाहरूमा नेतृत्व क्षमता, व्यक्तित्व विकास र जिम्मेवारीबोध वृद्धि हुने भन्दै प्रतियोगिताले शैक्षिक तथा सामाजिक क्षेत्रमै सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

    पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरू अर्जुन गुरुङ, मनिलाल तिवारी, सुनिल गिरी, गणेश सापकोटा, बिक्रम बुसाल, माधव आचार्य, दिपेश अर्याल लगायतको सहभागीता रहेको थियो।उपाध्यक्ष कमल थापाले कार्यक्रम संचालन गरेका थिए।

    क्लबको एक्टिभ मेम्बर स्वर्गीय निशा चापागाईंको रोट्र्याक्टको कार्यक्रममा बुटवलबाट फर्किने क्रममा देवदहको भलुहीमा दुर्घटनामा परी निधन भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij