बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कार्बन उत्सर्जन कटौतीको लाभांश सीमान्तकृत समुदायसम्म पुर्‍याउन सरोकारवालाहरुको आग्रह

कार्बन उत्सर्जन कटौतीको लाभांश सीमान्तकृत समुदायसम्म पुर्‍याउन सरोकारवालाहरुको आग्रह

images
  • 360
    SHARES

  • images
    images
    images
    कार्बन उत्सर्जन कटौतीको लाभांश सीमान्तकृत समुदायसम्म पुर्‍याउन सरोकारवालाहरुको आग्रह
    images
    images
    images

    केशव पराजुली, लुम्बिनी पाना। कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिका बापत आदिवासी जनजातीले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा आदीवासी जनजाती युवा महासंघ केन्द्रिय सचिव अर्जुन गुरुङ्गले बताउनु भएको छ । नेपालको रेडप्लसअन्तर्गत उत्सर्जन न्यूनीकरणसम्बन्धी रुपन्देहीको देवदहमा आयोजित गोष्ठीमा वहाँले उक्त कुरा बताउनु भएको हो । 

    कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गुरुङ्गले वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी जनजाति एवं सीमान्तकृत समुदायले खेलेकाले प्राप्त हुने लाभांश पनि आदिवासी र सीमान्तकृतलाई न्यायोचित ढङ्गले बाँडफाँट गर्नुपर्ने बताउनु भयो ।

    images
    images
    images

    नेपाल आदीवासी जनजाती महासंघ समन्वय समिती देवदहकी अध्यक्ष मिना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उत्सर्जन न्यूनिकरण फोकल पर्सन राधिका श्रीस मगर तथा आदीवासी जनजाती महासंघ पाल्पाका सल्लाहाकार तेज घर्ति मगरले सहजीकरण गर्नु भएको थियो । फोकल पर्सन श्रीस मगरले विश्व बैंकले ताल तथा सिमसार क्षेत्र भएका ३ जिल्लालाई पहिलो किस्ताबापत नेपाललाई रु एक अर्ब ३२ करोड लाभांश रकम उपलब्ध गराइसकेको छ जानकारी दिनु भयो ।

    वहाँले वागमति, लुम्बिनी र गण्डकी प्रदेशका ३६ जिल्लाका १०० वटा पालिका यसबाट लाभान्वित हुन समेत बताउनु भयो । सोही कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीकी अध्यक्ष श्यामकला आचार्यले नेपालकै बन जगलका बन पैदावारबाट बनेका सामाग्री प्रयोग गर्न सरकारी कार्यालयलाई दबाब दिनु पर्ने बनाउनु भयो ।

    संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धि (युएनएफसीसिसी)लगायत विभिन्न अन्तरराष्ट्रिय वातावरणसम्बन्धी सन्धि, सम्झौतामा हस्ताक्षर गरेको नेपाल सन् २००८ देखि रेडप्लससम्बन्धी प्रक्रियामा सहभागी भइरहेको छ। यसै सिलसिलामा सन् २०१० देखि विश्व बैंकको वन कार्बन साझेदारी कार्यक्रम (एफसीपिएफ)को सहयोगमा नेपालले औपचारिक रूपमा रेडप्लसको तयारीका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न सुरुआत गरेको हो।

    कार्बनडाइअक्साइड उत्सर्जन हुने जलवायु परिवर्तनले बेमौसमी वर्षा हुने, भइहालेमा डुबान तथा बाढीपहिरोको जोखिम हुने, भूक्षय हुने, सुक्खा पहिरो जाने, तापक्रम बढ्नेलगायतका समस्या नेपालजस्ता देशले भोग्नुपरेको छ। आगलागी, औद्योगिकीकरण फोहरमैला, कृषि पशुपालन, यातायातका साधन, वनविनास तथा भूउपयोगका गतिविधिले जलवायु परिवर्तनमा असर पुर्याइरहेको छ।

    देवदह ६ सरहनबारीमा भएको कार्यक्रममा देवदह ४ का वडा सदस्य मान बहादुर थारु,बुद्ध सामुदायिक बनका अध्यक्ष टेक बहादुर राना, प्रगति सामुदायिक बनका अध्यक्ष दुर्गा बहादुर राना, शिवालय सामुदायिक बनका अध्यक्ष राम चन्द्र पौडेल,सरहन कालिका सामुदायिक बनका अध्यक्ष समर जर्घा, सुखौरा हरियाली सामुदायिक बनका अध्यक्ष गोविन्द थापा लगायतको उपस्थिती थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij