मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गुम्बामा हतियार लुकाएको भन्ने आरोपप्रति हिन्दू–बौद्ध समाजको कडा आपत्ति

गुम्बामा हतियार लुकाएको भन्ने आरोपप्रति हिन्दू–बौद्ध समाजको कडा आपत्ति

images
  • 431
    SHARES

  • images
    images
    images
    गुम्बामा हतियार लुकाएको भन्ने आरोपप्रति हिन्दू–बौद्ध समाजको कडा आपत्ति
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं। नेपालमा सदियौंदेखि कायम हिन्दू–बौद्ध एकता र सद्भावलाई खल्बल्याउने गरी “गुम्बाहरूमा हतियार लुकाएर राखिएको छ” भन्ने भ्रामक र आधारहीन आरोप लगाउनेहरूप्रति हिन्दू तथा बौद्ध समाजले घोर आपत्ति जनाएको छ।

     

    images
    images
    images

    IMG-20251124-WA0012.jpg

    आज संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा बौद्ध धर्मको तथा हिन्दु धर्मका गुरुहरुले पवित्र स्थल गुम्बाहरूलाई हतियार भण्डारणको अखडा भनी गरिएका अभिव्यक्तिलाई “कपोलकल्पित, मनगढन्ते र बौद्ध आस्थामाथिको ठाडो प्रहार” भएको जनाएका छन् । 

    विज्ञप्ति जारी गर्दै भनिएको छ, “बुद्ध जन्मिएको देश भनेर विश्वले चिन्ने नेपाललाई बौद्ध शिक्षाको केन्द्र बनाउनुपर्नेमा यस्ता अफवाह फैलाएर धर्म र समुदायबीच द्वेष फैलाउने प्रयास गरिएको छ। यस्तो कार्यले हिन्दू–बौद्धबीचको सद्भाव भत्काउने र घृणा रोप्ने षड्यन्त्र देखिन्छ।”

    विज्ञप्तिमा आरोप लगाउनेहरूलाई आरोपलाई खण्डन गर्दै हतियार रहेको प्रमाण छ भने तत्काल सार्वजनिक गरेर प्रमाणित गर्न र दोषी गुम्बालाई कारबाही गर्न सरकारसँग संयुक्त अनुरोध गरेका छन् त्यस्तै प्रमाण नभए सार्वजनिक रूपमै बौद्ध समुदायसँग क्षमा याचना गर्न अनुरोध गरेका हुन् । विज्ञप्ति मार्फत माफी नमागे संयुक्त रूपमा कानुनी कारबाही अघि बढाइने चेतावनी समेत दिएका छन् ।

    विज्ञप्तिमा गुम्बाहरू शान्तिको केन्द्र भएको र ध्यान, दीक्षा, शिक्षा र साधनाका लागि सधैं सबैका लागि खुला रहेको स्पष्ट पारिएको छ। गुम्बामा प्रवेशका आ–आफ्ना विधि र अनुशासन हुने तर त्यसलाई “रहस्यमय” बनाएर अफवाह फैलाउने कामको पनि कडा भर्त्सना गरिएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीहरूले यस्ता भ्रामक अभिव्यक्तिलाई रोक्न सबै पक्षलाई सचेत रहन पनि आग्रह गरेका छन्। 

    यसअघि सामाजिक सञ्जाल र केही व्यक्तिहरूले गुम्बाहरूमा हतियार भण्डारण भएको दाबी गर्दै आएका थिए। तर अहिलेसम्म कुनै ठोस प्रमाण पेश भएको छैन।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij