बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहको खैरेनीमा श्रम संस्कृति पार्टीले चलायो बृहत् सरसफाइ अभियान

देवदहको खैरेनीमा श्रम संस्कृति पार्टीले चलायो बृहत् सरसफाइ अभियान

images
  • 410
    SHARES

  • images
    images
    images
    देवदहको खैरेनीमा श्रम संस्कृति पार्टीले चलायो बृहत् सरसफाइ अभियान
    images
    images
    images

    लुम्बिनी पाना, ​देवदह। 'श्रम नै सबैभन्दा ठूलो संस्कृति हो' भन्ने वैचारिक मान्यता बोकेको श्रम संस्कृति पार्टीले देवदह नगरपालिका वडा नं. ५ स्थित खैरेनी बजार क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

    ​२०८२ मङ्सिर ९ गते, मङ्गलबार बिहानै पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय नेता तथा कार्यकर्ताहरू 'बोल्ने होइन, गरेर देखाउने' भन्ने मूल नाराका साथ श्रमदानमा जुटेका थिए। उनीहरूले खैरेनी बजारको मुख्य चोक, नगर अस्पताल, सडक पेटी, र सार्वजनिक स्थानहरूमा जम्मा भएका फोहोरमैलालाई व्यवस्थित गर्दै बजारलाई सफा र सुन्दर बनाएका छन्।

    images
    images
    images

    ​पार्टीका एक स्थानीय नेताले लुम्बिनी पानालाई जानकारी गराएअनुसार, "हामीले पार्टीको सिद्धान्तलाई भाषणमा मात्र सीमित नराखी हरेक जनताको जीवनमा जोड्न यस्ता रचनात्मक कार्यक्रम गरेका हौँ। हामीले सुरुवात गरेको यो सरसफाइ अभियान अब निरन्तर चल्नेछ।"

    ​यस श्रमदानले बजार क्षेत्रको वातावरणीय सुधारमा सहयोग पुर्‍याउनुका साथै स्थानीय व्यापारी र नागरिकहरूमा सरसफाइप्रति थप जनचेतना फैलाउन सफल भएको पार्टीका देवदह नगर समिति संयोजक सुर्य शेर्पाले बताउनु भयाे।५ सरसफाइमा पार्टीका कार्यकर्ता, सर्वसाधारण र स्थानिय प्रहरी चौकीका प्रहरी जवानहरुको सहभागीता रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij