लुम्बिनी पाना, देवदह।रुपन्देहीको देवदह -९ मा अवस्थित मिलन सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सामुदायिक वन क्षेत्रमा रहेका निलगाई शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र पठाइएको औपचारिक रूपमा जानकारी गराउँदै सम्बन्धित निकायसँग सुरक्षित व्यवस्थापनको लागी अनुरोध गरेको छ।
देवदह -८ का स्थानीय निलध्वज मल्लले सानो बच्चा उद्दार गरि १ वर्षदेखि पालन पोषण गर्दै आएको लोपोन्मुख बन्यजन्तु नीलगाईको बाच्छोलाई उद्धार गरीशंकरनगर सामुदायिक वन अन्तर्गत शंकर नगर बन बिहार तथा अनुसन्धान केन्द्रमा पठाइएको मिलन सामुदायिक वनका अध्यक्ष तेज बहादुर कुवर क्षेत्रीले जानकारी दिए।
सामुदायिक वन क्षेत्रमा छोडीदिदा मानव वा अन्य जनावरबाट खतरा हुन सक्ने भन्दै उद्दार गरि तिलोत्तमा स्थित अनुसन्धान केन्द्र पठाइएको हो।
निलगाईको बाच्छो उद्दार गरी पठाइएको वारे डिभिजन वन कार्यालय रुपन्देही, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकालाई समेत जानकारी गराइएको सामुदायिक वनले जनाएको छ।स्थानीयहरूले पनि निलगाई नियन्त्रण तथा व्यवस्थापनका लागि दुवै क्षेत्रका सामुदायिक वन र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताएका छन्।स्थानीय जमान सिंह ठकुरी लगायतको सहयोगमा बाच्छो तिलोत्तमा स्थित अनुसन्धान केन्द्रमा पठाइएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij