बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

जीवन पाण्डे: परदेशमा संघर्ष, उपाध्यक्ष पदमा सर्बसम्मत चयन

जीवन पाण्डे: परदेशमा संघर्ष, उपाध्यक्ष पदमा सर्बसम्मत चयन

images
  • 2.7K
    SHARES

  • images
    images
    images
    जीवन पाण्डे: परदेशमा संघर्ष, उपाध्यक्ष पदमा सर्बसम्मत चयन
    images
    images
    images

    लुम्बिनी पाना, युएई ।स्याङ्जा जिल्ला, कालिगण्डकी गाउँपालिका, बिर्घा बराचौरमा जन्मिएका जीवन पाण्डे, २०१६ देखिनै रोजगारको सिलसिलामा दुबईमा बस्दै आइरहेका छ्न । सामाजिक सञ्जालमा सक्रिय रहेका उनी आफ्ना दर्शक–श्रोतालाई हास्यव्यंग्य र सामाजिक सन्देश मार्फत जोड्न सफल भएका छन्। आफ्नो कला र सामाजिक सञ्जालको माध्यमबाट उनी समाजका विविध आयामलाई उजागर गर्दै, दर्शकको मन जित्न सफल भएकाछन ।

    त्यस्तै पाण्डे, लामो समयदेखि लोकदोहोरी गीतको महत्व र यसको सांस्कृतिक योगदानको बारेमा आफ्ना दर्शक र श्रोतालाई सकारात्मक प्रभाव पार्दै कला र संस्कृतिमा मात्र सीमित नभई सामाजिक जागरण र सकारात्मक सन्देश प्रवाहमा समेत अग्रणी बनेका छन्। 

    images
    images
    images

    समाज, कला र संस्कृतिको संरक्षणमा योगदान दिदै आहिरहेकाले दुबईमा रहेका सम्पूर्ण लोक संगीत प्रेमीहरूको साथ र हौसलाका कारण पाण्डे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–युएई शाखाको चौथो अधिवेशन बाट सर्वसम्मत रूपमा उपाध्यक्षमा पदमा निर्वाचित भएका छन । 

    सोही क्रममा उपाध्यक्ष पदमा सर्बसम्मत रूपमा निर्बाचित भएपश्चात् आफ्नो छोरालाई बधाई दिँदै पाण्डेका बुबा , सेसकान्त पाण्डे,ले "परदेशमा रहँदा पनि समाजको लागि केही गर्नुपर्छ भन्ने भावना बोकेर अघि बढ्ने छोराको यो उपलब्धि सबैका लागि गर्वको क्षण रहेको बताउदै कलामार्फत हास्य र सन्देश फैलाउँदै, समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

    उपाध्यक्ष पदमा निर्वाचित पाण्डेले लोक तथा दोहोरी गीतको संरक्षणमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै, समाजमा सकारात्मक सन्देश फैलाउन आफ्नो योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij