बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा हरियाली प्रवर्धन र पूर्वाधार निर्माणको सम्भाव्यता निरीक्षण

देवदहमा हरियाली प्रवर्धन र पूर्वाधार निर्माणको सम्भाव्यता निरीक्षण

images
  • 544
    SHARES

  • images
    images
    images
    देवदहमा हरियाली प्रवर्धन र पूर्वाधार निर्माणको सम्भाव्यता निरीक्षण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । एसियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा देवदह नगरपालिकाबाट कार्यान्वयन हुने हरियाली प्रवर्धन तथा पूर्वाधार विकास परियोजना अन्तर्गत आज पानबारी खेलमैदानको स्थलगत निरीक्षण गरिएको छ। 

    निरीक्षण टोलीमा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, तथा ADB का प्रमुख प्रतिनिधि लगायतका व्यक्तित्वहरूको सहभागिता थियो। यसैगरी, नगरपालिकाको पूर्वाधार शाखाका प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृत पनि टिममा सामेल हुनुहुन्थ्यो।

    images
    images
    images

    यो परियोजना विशेषगरी खेलकुद मैदान, बसपार्क लगायत अन्य अत्यावश्यक पूर्वाधारहरूको निर्माण र हरियालीको प्रवर्धनमा केन्द्रित रहेको छ। टोलीले पानबारी खेलमैदानमा प्रस्तावित संरचनाहरूका लागि भौगोलिक अवस्था, प्राविधिक पक्ष र वातावरणीय प्रभावको अध्ययन गरी कार्यान्वयनको सम्भाव्यता अध्ययन गरिएको हो।

    नगर प्रमुख ध्रुवप्रसाद खरेलले निरीक्षणपछि बोल्दै ADB को सहयोगमा देवदहको समग्र विकासमा महत्वपूर्ण फड्को मार्न सकिने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख विद्या लक्ष्मी गुरुङले हरियाली र खेलकुद पूर्वाधारले नगरवासीको जीवनस्तर उकास्न ठूलो भूमिका खेल्ने बताउनुभयो।

    ADB को सहयोगमा सञ्चालन हुन लागेको यस महत्वाकांक्षी परियोजनाले देवदह नगरपालिकाको भौतिक विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। निरीक्षणपछि, टोलीले आयोजनाको विस्तृत खाका तयार गर्नका लागि थप छलफल गर्ने जनाइएको छ।५

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij