बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल प्रथमसहित मणिमुकुन्दका १३ जनालाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति

नेपाल प्रथमसहित मणिमुकुन्दका १३ जनालाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति

images
  • 382
    SHARES

  • images
    images
    images
    नेपाल प्रथमसहित मणिमुकुन्दका १३ जनालाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति
    images
    images
    images

    बुटवल । नेपाल प्रथमसहित मणिमुकुन्द कलेज बुटवलले २०८२ सालमा एमबीबीएससहितका विषय अध्ययनका लागि लिइएको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १३ जना विद्यार्थीहरूलाई सम्मान गरी बुटवल र रुपन्देही जिल्लाव्यापी ¥याली गरेको छ । 

    पूर्ण छात्रवृत्ति पाएका १३ जनामध्ये ५ जनाले एमबीबीएसमा, २ जनाले बीएस्सी एमएलटीमा, ३ जनाले बी फार्मामा, एकजनाले ब्याचलर अफ आयुर्वेद मेडिसिन साइन्समा, एकजनाले पब्लिक हेल्थमा, एकजनाले भेटेनरी साइन्समा र एकजनाले इन्जिनियरिङमा नाम निकाल्न सफल भएका छन् । 

    images
    images
    images

    एउटै कलेजका १३ विद्यार्थीले एकै वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनु उत्कृष्ट शैक्षिक संस्था हुनुको नतिजा र ऐतिहासिक सफलता भएको कलेजले भनेको छ । कलेज प्रांगणमा विद्यार्थीलाई सम्मान गरी शुरु भएको बाजागाजा सहितको ¥याली बुटबल नगर परिक्रमा गरी मोतिपुर, सेमलार, मुर्गिया, फर्साटिकर, मणिग्राम, भैरहवा हुँदै कलेजमा आई सम्पन्न भएको थियो । 

    मणिमुकुन्द कलेजका विद्यार्थीहरुले यस वर्ष बी फार्मेसी, बिपिएच र भेटेनरी साइन्समा नेपाल प्रथम, फुड टेक्नोलोजीमा नेपाल दोस्रो, इन्जिनियरिङमा छात्रातर्फ नेपाल पाँचौँ र एमबिबिएसतर्फ लुम्बिनी प्रदेश प्रथम स्थान प्राप्त गरेका छन् । 

    कलेजबाट सम्मानित हुने विद्यार्थीहरुमा मयुस दाहाल, सुसन कंडेल, प्रबिना मरासिनी, दर्शना गाहा, रमेश भण्डारी, गणेश चौधरी, सन्जय खराल, दुर्गेश कुमार चौधरी, सुश्रिता अधिकारी, उमा अग्रहरि, आयुष मरासिनी, शिवगोपाल बढई र हेमन्त शर्मा रहेका छन् । 

    उत्कृष्ट विद्यार्थीहरुलाई कलेजका प्राचार्य क्षेत्री, सहप्राचार्य दिवाकर खनाल, संस्थाका सञ्चालक उमापति न्यौपाने, व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी, विज्ञान संकाय संयोजक लक्ष्मण गैरे, बीबीएस संयोजक दिनेश पाण्डे लगायतले सम्मान गर्दै उच्च शिक्षामा पनि उत्कृष्ट नतिजा सहित सफलताको कामना गरेका थिए । 

    सो अवसरमा प्राचार्य टुक बहादुर क्षेत्रीले अनुशासन र संस्कार सहितको शिक्षा दिंदै आएको मणिमुकुन्द कलेजका विद्यार्थीले स्थापना कालदेखि नै पूर्ण छात्रवृत्तिमा नाम निकालेर उत्कृष्ट नजिता ल्याउंदै निरन्तरता दिएको बताए । उत्कृष्ट नतिजा आउनुमा विद्यार्थी र शिक्षकको मेहनतको प्रतिफल भएको चर्चा गर्दै क्षेत्रीले अरु विद्यार्थीले यसबाट सिक्नु पर्ने बताए । सफलताका लागि दृढ संकल्प र अनुशासन अपरिहार्य हुने प्राचार्य क्षेत्रीले बताए । 

    कार्यक्रममा विज्ञान संयोजक लक्ष्मण गैरेले मणिमुकुन्द कलेज उपत्यका बाहिरको उत्कृष्ट पठनपाठन हुने संस्था भएकाले हरेक वर्ष छात्रवृत्तिमा धेरै विद्यार्थीले नाम निकाल्न सफल भएको बताए । 

    ¥याली पुगेका स्थानका विद्यालयहरुले उत्कृष्ट विद्यार्थीहरुलाई माला तथा पुष्प अर्पण गरी सम्मान गरेका थिए । पञ्चेबाजासहितको उक्त ज्यालीमा विद्यार्थी, शिक्षक, अभिभावक नाचगानसहित सहभागी भएका थिए । कलेजका विद्यार्थीहरुले यसअघि पनि एमबिबिएस प्रवेश परीक्षामा नेपाल पाँचौं र नेपाल छैठौँ स्थान सहित उत्कृष्ट नतिजा प्राप्त गरिसकेका सहप्राचार्य दिवाकर खनालले बताए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij